धादिङ जिल्ला अस्पतालमा एआरटी सेन्टर खुल्यो

276 पटक पढिएको

प्रकाशित मिति: १४ मंसिर २०७१, आईतवार २१:५७

सम्पादक: Dhading News

SAM_6492 copyधादिङ,१४ मंसिर- एचआईभी संक्रमितहरुको उपचारलाई सहज वनाउन आईतवारदेखि धादिङ जिल्ला अस्पतालमा एआरटी सेवा सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले बिश्व एडस दिवसको पुर्व सन्ध्यामा उक्त केन्द्रको उदघाटन गर्नुभएको हो । जिल्ला अस्पतालमा एआरटी सेन्टर संगै संक्रमित महिला गर्भवती भएमा उनीवाट जन्मने बच्चालाई संक्रमणवाट जोगाउने उपचार विधि (पिएमटिसिटी) पनि शुरुवात गरिएको छ । आईतवार सांझ धादिङ जिल्ला अस्पतालमा आयोजित एक कार्यक्रममा दुवै सेवाको मन्त्री अधिकारीले उदघाटन गर्नुभएको थियो ।
जिल्लामा एआरटी सेन्टर सेवा शुरु भएपछि एआरटी सेवाका लागि काठमाण्डौं,नारायणगढ,पोखरा, त्रिशूली लगायतका स्थान पुग्न वाध्यहुंदै आईरहेका संक्रमितहरुलाई उपचारमा सहज हुने धादिङ प्लसका अध्यक्ष चन्द्रप्रकाश गुरुङले वताउनु भयो । जिल्लामा अहिले १ सय ५९ जना संक्रमितले एआरभि सेवा लिईरहेको भएपनि एआरटीका लागि भने जिल्ला वाहिर जानुपर्ने वाध्यता रहेको थियो । धादिङ जिल्ला अस्पताल विकास समितिका अध्यक्ष प्रेमनाथ सिलावालको अध्यक्षतामा भएको एआरटी सेन्टर उदघाटन कार्यक्रमलाई राष्ट्रिय यौनरोग तथा एड्स केन्द्रका निर्देशक डाक्टर दिपेन्द्ररमण सिंह, पुर्वमन्त्री एवम सभासद गंगालाद तुलाधर,नेपाली कांग्रेसका सचिव भक्त लामा, एकीकृत नेकपा माओवादीका अध्यक्ष रामवहादुर भण्डारी, नेकपा एमालेका अध्यक्ष भुमि त्रिपाठी,संक्रमितहरुको तर्फवाट धादिङ प्लसका अध्यक्ष चन्द्रप्रकाश गुरुङ लगायतले सम्वोधन गरेका थिए ।2014 diip यसैगरी विश्व एड्स दिवसको पुर्व सन्ध्यामा हाम्रो पहुंच गोरखा तथा जिल्लाका विभिन्न संस्थाहरुको आयोजनामा धादिङबेसी पुछारवजार मुलचोकमा २०१४ वटा मैनबत्ती वालिएको छ । एचआईभी संक्रमित वालवालिकाको शैक्षिक सहयोगका लागि आयोजना गरिएको शशुल्क दिप प्रज्वलन कार्यक्रमको पनि मन्त्री अधिकारीले उदघाटन गर्नुभएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१४ मंसिर २०७१, आईतवार २१:५७ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

धादिङका गोकर्णमणी दुवाडी सचिवमा बढुवा

धादिङ- सरकारले  गोकर्णमणी दुवाडी सहित तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरु  दुवाडी, डा.योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो.....

आठ महिना पछि खुले धादिङका शैक्षिक संस्था

धादिङ - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना संक्रमण) का कारण गत बर्षको चैत महिना देखि बन्द.....

लापाका बाढी पहिरो पिडितलाई रेडक्रसको सहयोग

लापा - बाढी पहिरो लागेर घरबार विहिनभएका रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का  ३२ परिवारलाई नेपाल रेडक्रस.....

आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी

धादिङ - आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण.....

आयआर्जनका लागि किसानलाई वाख्रा बितरण

थांक्रे - धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर ८ मा २ वटा समूहका ११ जना सदस्यलाई ३/३ वटाको दरले ३३ वटा बाख्राका.....

Categories