गोरखाको दुर्गम गाउँमा शिक्षकद्वारा छात्रा बलात्कृत

527 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Minor-Raped_60747गोरखा : सहरहरूमा महिला हिंसाविरुद्धको १६ दिने अभियानका कार्यक्रम भइरहेको बेला गोरखाको दुर्गम गाउँ गुम्दामा एक छात्रा आफ्नै गुरुबाट बलात्कृत भएकी छन्।
सूर्योदय मावि गुम्दामा कक्षा सातमा पढ्ने मीनकुमारी (नाम परिवर्तित) अंग्रेजी पढाउने शिक्षक उमेश भनिने छमबहादुर गुरुङबाट बलात्कृत भएकी हुन् अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।
गत शनिबार राति गाउँको छेवर कार्यक्रम हेरेर फर्केका शिक्षक उमेशले उनलाई आँगनमा फेला पारेपछि घिच्याउँदै बारीमा लगेर बलात्कार गरेका थिए। मीनकुमारी रोएको गरेको सुनेर ब्युँझेका छिमेकीले घटना थाहा पाएपछि शिक्षक उमेश भागेको प्रहरीले जनाएको छ।
‘राति साढे १० बजे गुम्दा गाविस ९ को एक गाउँमा छेवर हेरेर फर्केका शिक्षक उमेशले सोही गाविसकी छात्रालाई आँगनमा फेला पारेपछि तानेर बारीको कुनामा लगेका रहेछन्’, स्थानीय धनबहादुर गुरुङले भने, ‘नानी चिच्याएको सुनेपछि नजिकै घर भएका दाइ उठेर जाँदा नानी नांगै भेटिइन्। उमेश भने भागिसकेको रहेछ।’
 त्यस दिनदेखि फरार उमेशलाई सोमबार घरमै लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। ‘दिउँसोदिउँसो गाउँ छाडेर भाग्ने र रातिराति घरमा आउने गर्छ भन्ने सुनेपछि हाम्रो टोलीले आइतबार राति उमेशलाई घरैबाट पक्राउ गरेको हो’, प्रहरी निरीक्षक दीपक श्रेष्ठले भने, ‘उसलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा ल्याएका छौं।’
उमेशविरुद्ध जबर्जस्ती करणीको एेनअनुसार जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको र १० दिनको म्याद लिएर थुनामा राखी थप अनुसन्धानप्रक्रिया सुरु गरिएको उनले बताए।