ट्रकमा आगलागी

805 पटक पढिएको

सम्पादक: Dhadingnews.com

aagalagi trackधादिङ,/ कपिलवस्तुबाट फलफुल लिएर काठमाण्डौ आउँदै गरेको एक भारतीय नम्बरको ट्रक धादिङको बैरेनी गाविस वडा नम्बर ८ गल्छीमा आगलागी भएको छ । आँप र अनार बोकेर काठमाण्डौ आउँदै गरेको भारतीय नम्बर एम.एच. ःज् डण् थ्र१९२५ को ट्रक उकालोमा गुड्दागुड्दै आगो लागेको हो । दिउँसो ३ बजेको समयमा ट्रकमा आगो लागेको हो ।

आगोले मानवीय क्षति भएको छैन भने ट्रककोर् इन्जिन पर्ूण्ा रुपले ध्वस्त भएको प्रहरीले जनाएको छ । आगलागीमा कुनै मानवीय क्षति नभएपनि ट्रकको इन्जिन, क्याविन सहित सबै कागजपत्र जलेको प्रहरी चौकी बैरेनीका प्रहरी हवल्दार सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी र स्थानीयको सहयोगमा ट्रकमा लागेको आगो नियन्त्रणमा लिइएको थियो ।

लामो समयसम्म लगातार गुडिरहेको र बढि तातोले अगाडिको भागमा तार र्सट भएर अचानक आफै आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्रकमा रहेको आँप र अनार भने अर्काे ट्रकमा पल्टी गरेर काठमाण्डौ लगिएको छ ।