भिडियोमा माग्ने बुढा र मैयाँ

889 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं÷रास– पछिल्लो समय हास्य कार्यक्रम ‘मेरी बास्सै’ मा देखिन छाडेका हास्यव्यंग्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र उनकी जोडी मैयाँले एउटा म्युजिक भिडियोमा अभिनय गरेका छन् । यो जोडीलाई म्युजिक भिडियोमा हास्यप्रधान भूमिकामै प्रेमी–प्रेमिकाको रूपमा उतारिएको छ राजधानी दैनिकले खबर छापेको छ ।।

 

93d845e3951b1e31532f04fa84c475bd

श्रीदेवी देवकोटा र प्रकाश कटुवालको स्वर रहेको गीत ‘चोर बिरालो…’को भिडियोमा माग्ने बुढा र मैयाँ प्रस्तुत भएका हुन् । सानो पर्दामा दम्पती बनेर चर्चा कमाएको यो जोडीले दर्शकलाई भिडियोमा पनि आफ्नो कलाबाट हँसाउन सकेको छ ।

यो जोडीले मायाप्रेमको गन्थन अनि विवाह हुन नपाएको दुखेसो पोखेको भिडियो सार्वजनिक भएको छ । अर्का हास्य कलाकर शूरवीर पण्डितलाई पनि यो भिडियोमा देख्न सकिन्छ । विनोद ढकालको शब्द र सागर ढकालको संगीत रहेको यो गीतको भिडियोको निर्देशक शंकर बिसीले गरेका हुन् ।