अब शिक्षाशास्त्र नपढेकाले पनि शिक्षक सेवा आयोग भिड्न पाउने – 

704 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 मङ्सिर, शिक्षाशास्त्र अध्ययन नगरे पनि अब शिक्षकमा प्रतिस्पर्धा गर्न पाइने भएको छ । शिक्षक हुन अनिवार्य शिक्षाशास्त्र पढ्नु पर्ने पुरानो व्यवस्था भए पनि शिक्षा ऐनको आठौँ संशोधनमा ‘शिक्षाशास्त्र नपढेकाले पनि प्रतिस्पर्धा गर्न पाउने’ उल्लेख छ । विज्ञान, गणित, अङ्ग्रेजी, लेखा, सांकेतिक भाषा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयमा स्नातकले ‘माध्यमिक तहको अध्यापन अनुमतिपत्र वा शिक्ष्क पदको उम्मेद्वार हुन सक्ने संशोधित एनेमा उल्लेख छ । व्यवस्थापन, मानविकी संकाय पढेका पनि अब शिक्षक हुन योग्य हुनेछन् । प्राविधिक विषयतर्फ पढेका व्इक्तिको ‘लाइसेन्स’ नहुने भएकाले त्यस्तालाई शिक्षक पेसातर्फ आकर्षित गर्न लागिएको शिक्षा मन्त्रालयका उपसचिव रामचन्द्र शर्माले बताएको आजको राजधानीले समाचार लेखेको छ । प्राविधिक तथा अन्य विषयकालाई शिक्षकमा ल्याउन अस्थायी लाइसेन्स दिइनेछ । ‘शिक्षाशास्त्र पढेका मात्र शिक्षक हुने’ व्यवस्था आठौँ शिक्षा ऐनमा संशोधन गर्दै शिक्षकको दायरा फराकिलो बनाउन लागिएको हो । विज्ञान, अङ्ग्रेजी, गणितलगायतका विषयमा अझै शिक्षक अभाव छ । विज्ञानमा स्नातक उत्तीर्ण लाइसेन्स नभएका कारण प्रतिस्पर्धामा उत्रन सकिरहेका छ्रैनन् । शिक्षाशास्त्र नपढेकाका लागि दिइने ‘अस्थायी अध्यापन अनुमतिपत्र’ को अवधि पाँच वर्षको हुनेछ ।