सन्तान र जोडी माग्ने अनौठो मेला (फोटोफिचरसहित)

390 पटक पढिएको

प्रकाशित मिति: २२ मंसिर २०७१, सोमबार ०७:१५

सम्पादक: Dhading News

  • रामहरि गजुरेल

dupchesor-tamang-jhanki-3नुवाकोट, मंसिर २१– मानिसहरु कुनै आपत विपत् पर्दा होस् या कुनै अभावलाई टार्न र प्राप्त गर्न , भगवान पुकार्ने चलन धार्मिक मान्यतामा विश्वास राख्ने समाजमा सदियौँदेखि चलिरहेकै छ । तरपनि, विषेशगरी जोडी जुराउन र सन्तान माग्नकै लागी नुवाकोट जिल्लामा लाग्ने परम्परादेखिको ऐतिहासिक तथा धार्मिक मेला नेपालकै सन्दर्भमा भने फरक छ रातोपाटी डटकमले खबर छापेको छ ।।

जिल्लाको पुर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा निसन्तान भक्तजनहरु सन्तान प्राप्तीको कामना गर्दै मेला भर्न जाने अनौठो चलन आजसम्म पनि निरन्तर छ ।
सदरमुकाम विदुरदेखि पुर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा साँस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।
हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला लाग्ने जिल्लाकै प्रसिद्ध दुप्चेश्वर मन्दिरमा मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वास अनुरुप यसपटक पनि विगत पाँच दिनदेखि राउतवेंसी–८ मा आजका दिनसम्म लाग्ने मेलामा आइतवारसम्म ६० हजारभन्दा बढी भक्तजनले दुप्चेश्वरको दर्शन गरिसकेका छन् ।dupchesor mahadev (2)
पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाादा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ । अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आउने गरेको जनश्रुती पाइन्छ । त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।dupchesor mahadev
‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिका कुमार पण्डितले बताए । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागी यहाँ ओइरो लाग्छन् । छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाईएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।unnamed
धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ । मेलामा शेर्पा जातिहरु ढ्याङ्ग्रो ठोक्दै झाँक्रीको भेषमा महादेव खुसी पार्न रातभर झाँकी प्रदर्शन गर्छन । तामाङ सेलो, साइगोले लगायतका तामाङ लोकसाँस्कृतिक गीत र नृत्यहरु यस मेलाको अर्को आकर्षण हो । यसका साथै स्थानिय उत्पादनहरुको बिक्रि वितरणसमेत हुने गरेको छ । मेलामा बाँस तथा चोयाको थुन्चे, डोका डाला र धुपी काठको लाखौँ बराबरको व्यापार समेत हुने गर्दछ । यो मेला साँस्कृतिक र आर्थिक दृष्टिकोणबाटसमेत महत्वपूर्ण मानिँदै आएको छ । दुप्चेश्वरलाई सन्तानेश्वर महादेवका रुपमा पुकार्दै आउने भक्तजनहरु दिनानुदिन बढ्दै गएको स्थानियवासीको भनाई छ । दुप्चेश्वर सबै धर्मको आश्थाका केन्द्रसमेत मानिएकाले यस क्षेत्रको विकासमा विषेश पहल हुनुपर्ने स्थानियवासीहरुको माग छ ।dupchesor mahadev (1)
सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाा आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । दुप्चेश्वर महादेव जस्ता धार्मिक एवं एतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवं वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२२ मंसिर २०७१, सोमबार ०७:१५ मा प्रकाशित

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories