विभाजन भएको २३ महिना २२ दिन पछि दुई उद्योग वाणिज्य संघ एउटै

317 पटक पढिएको

प्रकाशित मिति: २२ मंसिर २०७१, सोमबार १८:४३

सम्पादक: Dhading News

10624748_898280340195995_4599451983742622665_n

 पुस ७ देखि मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव 

breakingधादिङ,२२ मंसिर – विभाजन भएको २३ महिना २२ दिन पछि धादिङका उद्यमी व्यवसायीहरुको संस्था एउटै भएर अघि बढ्ने साझा सहमती भएको छ । सोमवार विहानै देखि जिल्ला प्रशासन कार्यालय धादिङमा जारी वार्ताले दुईवटा उद्योग वाणिज्य संघलाई एकै ठाउंमा आउने निर्णय गरेको हो ।
दुई वटा संस्था एकीकृत हुने निर्णय भएपछि महोत्सव पनि एउटा मात्रै हुने भएको छ । यस अघि उद्योग वाणिज्य संघ धादिङले पुस ७ देखि १७ गते सम्म धादिङबेसी खुल्ला मञ्चमा र धादिङ उद्योग वाणिज्य संघले नीलकण्ठ नगरपालिका वडा नम्बर ४ रायटारमा चौथो धादिङ महोत्सवको आयोजना गर्ने निर्णय गरेका थिए । दुईवटा संस्थालाई एउटै वनाएर लैजान व्यवसायीहरु सहमत भएपछि महोत्सव पनि एउटै आयोजना गरिने भएको छ ।
संस्था एकीकरणका बिषयमा सहमती जुटेपछि पुस ७ गतेदेखि १७ गते सम्म रायटारमा मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव आयोजना गर्ने बिषयमा पनि दुई संस्था बिच सहमती भएको उद्योग वाणिज्य संघ धादिङका प्रमुख कार्यकारी अधिकृत शालिकराम दुवाडीले जानकारी दिनुभयो ।
दुईवटा संस्थाका बिच देखिएको दरारलाई कम गर्न प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेको पहलमा भएको वार्ताले व्यवसायीहरुका बिच एकता सम्भव भएको हो । एकीकृत संस्थामा सदस्यता बितरणलाई व्यवस्थित र पारदर्शी वनाउन दुवै संस्थावाट ३ –३ जना प्रतिनिधि रहने गरी ६ सदस्यिय छानविन समितिको गठन गरिएको छ । सदस्यता छानविन समितिमा गोपिलाल श्रेष्ठ,वोधनाथ दुवाडी,लोकनाथ डल्लाकोटी,बिष्णुप्रसाद थपलिया,अशोक अधिकारी र राजकुमार श्रेष्ठ रहेका छन । समितिले दिएको सिफारिशका आधारमा उद्योग वाणिज्य संघका सदस्यहरुले एकमुष्ट रुपमा धादिङ उद्योग वाणिज्य संघको सदस्यता पाउने सहमती भएको छ । एक बर्ष अघि नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दुई संस्था एकीकरणको प्रयास गर्दा सदस्यताको बिषयमा सहमती हुन नसकेर एकीकरण रोकिन पुगेको थियो । विगतमा जे जस्तो भएपनि धादिङ जिल्लाको आर्थिक विकास र जिल्लाका उद्यमी व्यवसायीहरुको हक हितका निम्ति एउटै संस्था भएर अघि बढने बिषयमा सहमती भएकाले अव नयां सोचका साथ एकीकृत रुपमा अघि बढ्ने वार्तामा सहभागी पदाधिकारीहरुले प्रतिवद्धता जनाएका छन ।
एकीकृत रुपमा आयोजना हुने महोत्सवको उदघाटन कार्यक्रमको अध्यक्षता धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले र समापनको अध्यक्षता उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष कल्पना अधिकारीले गर्ने भएका छन । दुई संस्था बिच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरे, प्रहरी नायव उपरिक्षक प्रकाश मल्ल, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्ला स्थित नेपाली सेना र शशस्त्र प्रहरी वलका प्रमुखहरु साक्षीका रुपमा सहभागी भएका थिए । दुवै सस्थाका पदाधिकारी र उपलव्ध सदस्यहरु वार्तामा सहभागी भएका थिए ।
सदस्यता बितरण र नविकरणमा राजनैतिक आस्थाका आधारमा विभेद गरिएको भन्दै धादिङ उद्योग वाणिज्य संघको अधिबेशन त्यागेर १ हजार भन्दा बढी सदस्य वाहिरिएपछि २०६९ साल मंसिर ३० गते उद्योग वाणिज्य संघ धादिङको गठन गरेका थिए । धादिङ उद्योग वाणिज्य संघलाई एकीकृत नेकपा माओवादी, नेकपा–माओवादी र नेपाली कांग्रेसका असन्तुष्ठ पक्षले समर्थन गर्दै आईरहेको थियो भने उद्योग वाणिज्य संघलाई नेपाली कांग्रेस र नेकपा एमालेको समर्थन रहेको थियो । राजनैतिक दलहरुको समर्थन फरक फरक संस्थालाई रहेका कारण जिल्लाका उद्यमी व्यवसायीहरु समेत विभाजित हुन पुगेका थिए ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२२ मंसिर २०७१, सोमबार १८:४३ मा प्रकाशित

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories