फेरी ७ हजार शिक्षकको विज्ञापन खुल्ने

590 पटक पढिएको

सम्पादक: Dhading News

मंसिर २४ – शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको स्थायी दरबन्दीका लागि विज्ञापन गर्ने भएको छ । आयोगकाअ अनुसार ७ हजार दरबन्दीका लागि खविज्ञापनको अन्तिम तयारी भइरहेको छ । देशभरका सामुदायिक विद्यालयमा रिक्त दरबन्दीको विवरण प्राप्त भएपछि शिक्षा मन्त्रालयसँग समन्वय गरेर छिट््टै विज्ञापन गरिने आयोगका अध्यक्ष उदयराज सोतीले बताए । ७५ जिल्लामध्ये काठमाडौंमा खाली रहेका शिक्षकको विवरणमात्र आउन बाँकी छ । काठमाडौंलाई पनि खाली रहेको शिक्षकको विवरण पठाउन माग गरेकाले केही दिनभित्रै आइसक्ने सोतीको भनाइ छ । सबै जिल्लाबाट शिक्षकको विवरण आएपछि ७ हजार भन्दा धेरै संख्यामा विज्ञापन हुने भएको छ । अब बिज्ञापन गर्ने स्थायी शिक्षकको विज्ञापनमा ०६३ बैशाख ११ देखि ०७२ असार मसान्तभित्रको अवधिमा खाली हुने शिक्षक दरबन्दी विवरण आयोगले मागेको छ । –