राम्रालाई भन्दा हाम्रालाई जागिर

669 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बेरोजगार धादिङको मात्र नभएर देशकै समस्या हो । पढेर पनि जागिर नपाईने हाम्रो देश नेपालमा सानो पदको लागि पनि निकै ठुलो प्रतिस्पर्धा हुन्छ । पढेपछि सानो तिनो जागिर नै खानुपर्छ भन्ने मान्यताले गर्दा पनि अहिले अन्य व्यावसाय भन्दा थोरै किन नहोस् जागिरै खाने सबैको सपना हुन्छ । त्यसैले त थोरै पदको लागि विज्ञापन भयो भने सयाँै युवाको लाम लाग्ने गर्दछ । जागिर होस् वा कुनै तालिम त्यसमा पनि राम्रा भन्दा हाम्रा व्यक्तिले प्रोत्साहन पाएको आरोप लाग्दै आएको छ । यो समस्याबाट धादिङ जिल्लापनि अछुतो छैन । विश्वस्त स्रोतका अनुसार धादिङमा पनि हुने जुनकुनै पदमा पनि हाम्रा मान्छे राख्न दवाव आउने गरेको खुलासा भएको छ । जिल्लाका विभिन्न गैरसरकारी संस्थाहरुमा विज्ञापन खोल्दा ठुलै नेताहरुको जजिकका मान्छे र पार्टी कार्यकर्ताहरुलाई जागि लगाउन दवाव आउने गरेका खुलासा भएको छ । दुई हजारको जागिर किन नहोस् माथिबाट ठुलै नेताको दवाव आउने भएको कारण समस्या हुने गरेको छ । त्यसैले पटक पटक स्थगित गरेर पछि नेताहरुले भनेकै मान्छेलाई जागिर लगाउनु पर्ने बाध्यता रहेको एक व्यक्तिले धादिङ न्युज डटकमलाई बताउनु भयो । दक्ष व्यक्तिलहरु जागिरबाट बञ्चित भईरहदा संस्थालाई घाटा त हुने भयो अर्को कुरा उसले गरेको कार्यमा समेत प्रश्न चिन्ह खडा हुने गरेको छ । यो समस्या धादिङ जिल्लामा मात्र नभएर जुनसुकै स्थानमा र संस्थामा हुने गरेको छ ।