धादिङमा मानवअधिकार उल्लंघनका का घट्ना बढ्दै, 

510 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

६६ औं अन्तराष्र्टि«य मानव अधिकार दिवस धादिङमा पनि बुधबार मनाईएको छ । सबैको लागि घर–घरमा मानवअधिकार शान्ति र विकासको आधार भन्ने मुल नाराका साथ धादिङबेसीमा जिल्लामा मानव अधिकारको अबस्था सम्बन्धी एक अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा जिल्लामा मानवअधिकार अबस्था महिलाहरुको आत्महत्याको अध्ययन कार्यक्रममा विगत ९ महिनामा भएका महिला उल्लघंन सम्बन्धी ४० वटा, हत्या सम्बन्धी २ वटा घटनाहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमका अबसरमा महिला अधिकारकर्मी राधिका साप्कोटाले धादिङ जिल्लामा विभिन्न महिला सम्बन्धी ९ सय वटा घटनाहरु, पत्रकार सम्बन्धी ७६ वटा घटनाहरु, जातिय विभेद सम्बन्धी १५ वटा, हत्याका ८ वटा महिला हिंसा सम्बन्धी २५ वटा घटना रहेको जानकारी गराउनुभयो । धादिङ जिल्लामा सबैभन्दा बढी घरेलु हिंसाका कारण महिला हिंसा हुने गरेको समेत बताउनु भयो । विकास अभियान, इन्सेक धादिङ लगायत १३ वटा संस्थाहरुको संयुक्त रुपमा उक्त अन्तरसंवाद कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा मानव अधिकार यलाइन्सका केन्द्रिय सदस्य राज नारायण नेपाली, महिला तथा बालबालिका कार्यालय धादिङका महिला अधिकृत सावित्रा थापा रावल, प्रहरी नायव उपरीक्षक प्रकाश मल्ल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली , पूर्वअध्यक्ष सिताराम प्रसाद बर्मा, मानव अधिकार संगठनका अध्यक्ष कृष्ण प्रसाद दाहाल, पत्रकार, संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो