तपाई आफ्नी श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ?
773 पटक पढिएको
तपाई आफ्नी पाट्नर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला ।
तर अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । व्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो । खाना बनाउन देखि घरको व्यवस्थापनको जिम्मेवारी घरको गृहिणीकै हुन्छ । काम गर्दा गर्दै उनीहरुलाई पिडा पनि हुने गरेको हुन्छ ।
यदी यस्तो पाईयो भने तपाई कपडा धुन तिर लाग्नुहोस् अनि उनी खुसी हुन्छिन , अध्ययनले भनेको छ । उनीहरुलाई आफ्नो साथीसँग खुसी रहन मिल्यो भने रिस सबै हराएर जाने समेत अध्ययनमा जनाईएको छ । सो अध्ययनमा १ हजार ५६ महिलालाई सामेल गराईएको थियो ।
जसमा ६४ प्रतिशत महिलाले मौसम राम्रो भयो भने मुड पनि राम्रो हुने बताएका छन् । ४१ प्रतिशतले आफ्नो मान्छेले प्रेम सम्बन्धी पठाएको सन्देशले आफुलाई ताजा राख्न मदत गर्ने वताएको थियो ।
– (एजेन्सी )