विद्यालयको शैक्षिक गुणस्तर बढाउन छलफल

967 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sfcll3गजुरी-आदर्श उच्च माध्यमिक विद्यालय गजुरी स्रोतकेन्द्रको आयोजनामा शुक्रबार विद्यालय स्तरीय अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका शैक्षिक र भौतिक अवस्था सुधार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १६ वटा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यावस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो । गजुरी गाउँ विकास समितिमा रहेका विद्यालयहरुलाई नमुना विद्यालयमा स्थापित गर्ने लक्ष्य सहित बृहत अन्र्तक्रिया भएको थियो । विद्यालयको सुधारको लागि विद्यालय व्यावस्थापन समिति र शिक्षकहरुको बढी भुमिका रहने गर्दछ । त्यसैले स्रोतकेन्द्रले एक आपसमा अनुभव साटासाटा गर्ने र शैक्षिक अवस्था सुधार गराउने लक्ष्यका साथ यस्तो अवसर जुटाएको थियो । कार्यक्रममा सहभागिहरुले आफ्नो विद्यालयको शैक्षिक र भौतिक स्थिती सुधारको लागी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।