त्रिशुली जलविद्युत केन्द्रको जलाशय कमजोर बन्दै

634 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

triत्रिशुली-माटो र बालुवाको नियमित सफाई नहुदाँ २१ मेगावाट क्षमताको नुवाकोटको त्रिशुली जलविद्युत केन्द्रको जलाशय कमजोर हुदै गएको छ । उत्पादनको मुख्य समयमा ३ घण्टा पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य साथ निर्माण भएको त्रिशुली जलविद्युत उत्पादन केन्द्रंको अहिले जलासय स्थित तलाउको आधा भन्दा बढी भागमा बालुवा जमेपछि उत्पादनमा ठूलो मात्राले गिरावट आएको हो । बर्खाको समयमा वरीपरिका खोल्साखाल्सीको पानिसगँ आउने ढुङगा वालुवाले जलासयको ठूलो भाग ओगट्दा त्रिशुली उत्पादन केन्द्र मौन रहदै आएको छ । नदीमा पर्याप्त पानी भए पनि २१ मेगावाट क्षमताको उत्पादन केन्द्रले अहिले १४ मेगावाट मात्र उत्पादन गर्दै आएको केन्द्र प्रमुख अफताह आलमले बताउनुभएको छ । केन्द्रले उत्पादन सुरु गरेको २०२४ सालदेखि २६ वर्षसम्म तोकिएकै अनुसार २१ मेगावाट विद्युत उत्पादन गर्दै आए पनि त्यसपछि आएको गिरावट हरेक वर्ष घट्दै गएको केन्द्र प्रमुख आलमले बताउनुभएको छ । उत्पादनमा आएको गिरावट तलाउमा भरिएको बालुवाको सफाइ नहुनु र बिग्रेको सात नम्बरको क्यानलको एक वर्षसम्म पनि मर्मत नहुदाँ उत्पादनमा गिरावट आउनु स्वभाविक रहेको कार्यालयले स्वीकारेको छ ।