डिप्रोक्स लघुवित्त विकास बैंकले ३५ प्रतिशत बोनस शेयर दिने

691 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 diproxचितवन-डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले गएको आर्थिक वर्षमा १२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकको चितवनमा शुक्रबार भएको १३ औं वार्षिक साधारणसभाले शेयरधनीलाई १५ प्रतिशत नगद लाभाशं र ३५ प्रतिशत बोनस शेयर दिने निर्णय पनि गरेको छ । बैंकले हाल देशभरका ३६ जिल्लाका ६८ शाखा कार्यालयहरुबाट लघुवित्त सेवा  प्रदान गरिरहेको जनाएको छ ।

चालु आर्थिक वर्षकोको पहिलो ३ महिनामा बैंकको ग्रामीण, बिपन्न तथा पिछडिएका क्षेत्रका करिव ९५ हजार परिवारमा २ अर्ब १८ करोड २४ लाख ३६ हजार रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।नबिल बैंक लि., कृषि विकास बैंक लि., नेपाल बैंक लि., विकास आयोजना सेवा केन्द्र, लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी र बैंक तथा वित्तीय क्षेत्रका बिशेषज्ञहरुको प्रत्यक्ष लगानीमा स्थापित बैंकले वित्तीय सेवामार्फत महिला सशक्तिकरणसहित गरिवी निवारणको मुख्य उद्देश्य बैंकको राखेको जनाएको छ ।