युएईमा हृदयघातबाट नेपालीको मृत्यु

644 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

संयुक्त अरब इमिरेट्स युएईको आबुधाबीमा एक नेपाली युवाको शनिबार बिहान ज्यान गएको छ । रोजगारीका लागि १५ महिनाअघि युएई आएका मालिकार्जुन ८ भौतडी, दार्चुलाका दीपेन्द्र सिहं धामीको हृदयघातका कारण ज्यान गएको हो ।

शुक्रबार बेलुकी साथीहरुसँगै खाना खाएर कम्पनीको मजदुर क्याम्पमा सुतेका धामीले विहान १ बजे असहज महसुस गर्दै आवाज निकालेकोले कोठामा सँगै सुतेका साथीहरुको सहयोगमा एम्बुलेन्सबाट अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको धामी सँगै कार्यरत मकवानपुरका सचितानन्द बर्तौलाले जानकारी दिनुभयो ।

आबुधाबीमा रहेको मिडलईष्ट कम्पनीमा कार्यरत २८ वर्षका धामी आबुधाबीको मिडिया सेण्टरमा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत हुनुहुन्थ्यो । ११ महिनाअघिमात्रै उहाँका बाबुको पनि निधन भएको थियो । कम्पनीमा करार अवधी पुरा नगरेकोले बाबुको किरिया गर्न नेपालसमेत जान नपाएका धामीको परिवारमा एक पत्नी, दुई छोरी, आमा र दुर्इ भाइ छन । हाल उहाँको परिवार काठमाडौंमा छ। धामीको शवलाई थप अध्ययन तथा पोष्टमार्टमका लागि आबुधाबी प्रहरीले अस्पतालमा राखेको छ ।