सहकारी लुटपाटमा माओवादीका पूर्वलडाकु

419 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

loot_585497336पोखराः संगठित अपराधमा ममाओवादी पूर्वलडाकु संलग्न भएको पाइएको छ । पोखारस्थित एक सहकारी लुटपाटको अनुसन्धान पछि प्रहरीले सो तथ्य सार्वजनिक गरेको हो ।
पोखराको न्यूरोडस्थित यति डेभलपमेन्ट र रौतहटको एसबीआई बैंक लुटमा संलग्न पूर्वलडाकुको समूहले पोखरा–८ नयाँ बजारस्थित कल्पवृक्ष बचत तथा सहकारीको रकम लुटेको खुलासा भएको हो ।
बैंक लुटपाटको अभियोगमा पक्राउ पूर्वलडाकु चन्द्रनिगाहपुर–१ स्थित कप्तानटोलका ३३ वर्षीय शुसीलकुमार दुलाल र सिन्धुलीको पिपलमाणी–१  का पूर्वमाओवादी लडाकु ३१ वर्षीय नारायण राईमाथि अनुसन्धान गर्ने क्रममा उक्त कुरा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केदार रजौरेले बताए ।
दुलाल यति बैंक लुटपाटका मुख्य योजनाकार हुन् । उनकै समूहले सहकारीको रकम लुटपाट गरेका थिए । ०७० भदौ २८ गते विहान पोखरा–४ चिप्लेडढुंगास्थित एपेक्स विकास बैंकबाट रकम झिकी कार्यालय जाँदै गरेका सहकारीका कर्मचारी शालिग्राम पौडेललाई ट्राफिक प्रहरी भएको बताउँदै नौ लाख रुपैयाँ लुटेर भागेका थिए ।
त्यो समूहमा रोल्पा घोडागाउँ–१ का पूर्वमाओवादी लडाकु विकल्प भन्ने विजय केसी, रुकुम घर भई हाल दाङ बस्ने पूर्वमाओवादी लडाकु ३५ वर्षीय बसन्त गिरी, नारायण राई र सल्यानका ३५ वर्षीय पूर्वमाओवादी लडाकु उज्वल रोकाय क्षेत्री, कुशल तामाङ, बिमल क्षेत्री रहेका छन् । उनीहरु सबै फरार छन् ।

-अन्नपूर्ण पोष्ट दैनिकवाट