नुवाकोटको जिल्ला अस्पताल कहिले सुध्रेला ?

745 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

किरण अधिकारी
विदुर÷नुवाकोटको मात्रै नभई कुनै वेला रसुवा, नुवाकोट र धादिङ्ग जिल्लाको क्षेत्रीय अस्पताल को रुपमा परिचय पाएको जिल्ला  अस्पताल त्रिशुली कोलोनी सुधार हुने संकेत छैन । सुधार हुने भन्ने की परिवर्तन हुने भन्ने वर्ष वा दुइ वर्षमा मेडिकल सुपरिटेन्डेन  परिवर्तन हुन्छ । मेडिकल अधिकृत परिवर्तन हुन्छ तर अस्पतालको कुनै पनि काममा भने सुधार हुँदैन ।
trishuli hospitalकतिसम्म लापरवाही अनि कति सम्म हासो उठ्दो कुरा छ । प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट हेल्थ असिष्टेण्ट वा चिकित्सकले जिल्ला रिफर गरेको विरामी अहेवको हातमा पुग्छ । यो भन्दा खेलवाड के हून्छ । जिल्ला अस्पतालमा हुने इमरजेन्सी विभागमा चिकित्सक र मेडिकल अधिकृत इन्चार्ज हुनुपर्नेमा कैयौँ वर्षदेखि हुन सकेको छैन । हुन त दरवन्दी नभएर वा भएका दरवन्दीमा पनि चिकित्सक नआएर पहिला पहिला भएन । तर, अहिले जिल्ला अस्पतालमा १० जना भन्दा बढी चिकित्सकहरु कार्यरत छन् । ति चिकित्सकलाई एउटा–एउटा विभाग को इन्चार्ज बनाएर जिम्मेवारी दिने हो भने काम चुस्त दुरुस्त हुन्थ्यो होला । त्यसो हुन सकिरहेको छैन । भएका चिकित्सकहरु बेकामे बनिरहेका छन् । इमरजेन्सी विभागमा केही सुधार भएको भनेको पुरानो भवन छोडेर ठूलो भवनमा सरेको छ । तर, काम छउन्जेल भाँडो, काम सकेपछि ………….. भने झैँ त्यो भवन अहिले जिर्ण बन्दै गइरहेको छ । भवनलाई केही सुधार गर्न कसैको ध्यान गइरहेको छैन ।
भवन अहिले बेवारिसे भइरहेको छ । इमरजेन्सी कक्षमा चिकित्सक कहिले पनि भेटिदैन । चिकित्सक अनकलमा हुन्छन् रे । तर स्वास्थ्य सेवा ऐनमा इमरजेन्सीमा इन्चार्ज चिकित्सक नै हुनुपर्ने उल्लेख छ निजि अस्पताल खोल्न यो प्रावधान हुनुपर्ने भन्छ नियमावलीले तर  सरकारीलाई चाही नियम लाग्दैन र ?
के सरकार र सरकारी मान्छेले जे गरेपनि छुट हुन्छ ? यसमा अनुगमन गर्ने कसले ? यो कुराको जवाफ न अस्पताल न प्रशासनसंग छ, कार्यलयले केही कदम चाल्नु खोजेको थियो । तर त्यसै सेलायो  ।अस्पतालको सबैभन्दा सर्तकमा बस्न पर्ने विभाग इमरजेन्सी हो । तर जुन कार्यालय प्रमुख आएपनि सुधार हुने कुरा आकाशको फल आँखा तरी मर जस्तै भएको छ । कुनै पनि विकायलाई वास्ता छैन ।अस्पताल जस्तो संवेनदशील स्थानमा यस्तो लापरवाही त्यस्तै जति संचारकर्मी र संचार संस्थाले आवाज उठाएपनि केही सुधार छैन ।
अस्पतालको प्रयोगशाला, एक्सरे विभागको भद्रगोल कायम छ । अस्पतालको व्यवस्थापन गर्न सरकारले विकास समिति पनि गठन गरेको छ । तर, अध्यक्ष लगायतको पदाधिकारी नै अस्पताल टेक्न आउँदैनन् कुनै दिन बैठकको बहानामा आउँछन् अनि टाप कस्छन् । अस्पतालको विकास निर्माण अनि अस्पताल सुधार गर्न कुनै योजना बनाउन सक्दैन ।
त्यसैगरि विकास समिति ले केही गर्न सकेन भनेर स्थानिय वासीले त्रिशुली अस्पताल उपभोक्ता सरोकार समिति गठन गरेर  अगाडी बढे अनि पहल गरी केही अत्याधुनिक मेसिन पनि भित्र्याए । तर त्यो मेशिन प्रयोगविहिन भइरहेको छ । सरोकार समिति पनि गुमनाम छ । हैन सबैलाई लाग्ने अख्तियार स्वास्थ्यमा लाग्दैन की के हो ? त्यसैगरि अस्पतालको सुधार नगरी ५५ शैया बनाएको छ  सरकारले तर सोही अनुसारको जनशक्ति किन पठाउँदैन स्तरबृद्धि गरेर मात्र हून्छ र ? जन शक्ति चाहिन्छ नि । त्रिशुली  अस्पताल सुधार गर्न ठुलो चमत्कार नै हुनुपर्छ की के हो ? यो कुरामा किन ध्यान छैन कसैको ?  लौन उठ नागरिक समाज, स्थानिय वासी, उपभोक्त हित संरक्षण समिति किन मौन ? यो विषयमा अलि गम्भिर भएर अगाडी बढ । मानव जीवनमाथि किन खेलवाड लौन भगवान आँखा खोल्देउ सम्बन्धीत निकायको ?

(अधिकारी नुवाकोटवाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकका प्रकाशक हुनुहुन्छ । )