नारायणहिटी दरवार संग्रहालय देखाउने नाटकमात्र

3087 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


kiran
किरण अधिकारी
झण्डै २४० वर्षको राजतन्त्र अन्त भएपछि तत्कालीन राजाहरुको लागी बनाइएको नारायण हिटी राजदरवारलाई अहिले नेपाल सरकारले संग्राहलयमा परिणत गरेको छ । तर सर्वसाधारण जे आशा, भरोसा, इच्छा र जाँगर बोकेर संग्राहलय जान्छन् । त्यहाँबाट बाहिर निस्कदा निरास एवं आक्रोश लिएर निस्कन्छन् ।२०५८ साल जेष्ठ १९ गते “राजदरवार हत्या काण्ड ” भयो । त्यसको घटना स्थल, तत्कालीन दरवार जहाँ घटना भयो कसरी के कारण अनि कुन स्थानबाट शुरु भयो भन्ने कौतुहलता सबै सर्वसाधारणमा छ । त्यही अनुरुप म स्वयंमा पनि त्यो चाहना थियो । तर, जुन उत्साह र उमंग लिएर म संग्राहलय छिरेको थिएँ त्यो केही पनि भेटिएन । एउटा चाहना सबैमा हुन्छ । त्यहाँ अहिलेको भएपनि दृश्य कैद गर्ने तर त्यहाँ त्यो कार्य गर्न निषेश रहेछ ।

२०७१ साल मंसिर २५ गते विहिबार म काठमाण्डौँमा काम विशेषले गएको थिएँ । चर्चित लोक गायिका एवं कार्यक्रम संचालिका गिता रेउलेले मलाई फोन गरिन् अनि भनिन् आज दरवार संग्राहलय घुम्न जानको लाको तपाई पनि जाने भए आउँनुस भनिन् । तर समय कम हुँदा हुँदै पनि घुम्ने चाहना भएकोले म गएँ । तर, टिकट लिएपछि आफुसंग भएको सबै चिज काउन्टरमा बुझाई भित्र जानुपर्ने नियमले मलाई दुःखी बनायो । तैपनि भित्र गइयो । भित्र छिरेपछि दरवारको मुख्य भित्र छिरेपछि दरवारको मूख्य भवन छिरेर अवलोकन गन शुरु गरियो । मुख्य भवन भित्र विभिन्न १८ जिल्लाको नाममा विभिन्न कोठा, विभिन्न बैठक हल र अतिथि सदन रहेछ । त्यसैगरि तत्कालिन राजा रानीको शयन कक्ष, राजा ज्ञानेन्द्रले राजदरवार छोड्नु भन्दा अगाडी अन्तिम पटक पत्रकार सम्मेलन गरेको स्थान अवलोकन गर्दै बाहिर निस्कियौँ । म संगै धेरै सर्वसाधारण कोही पनि सन्ुतष्ट थिएनन् । सबैको एउटै आवाज थियो । अहिले संग्राहलय भित्र हेर्ने र हेरेका अधिकांश चिज त इतिहासमा पढेको र चित्र त देखेको हो । फोटो मात्र कितावमा पनि हेरेको हो । तर, महत्वपूर्ण कोठा, सबैले चाहना गरेका महत्वपुर्ण स्थान त बन्द गरिएको छ ।
DSC_0453 (1)किन त्यो स्थान बन्द गरियो, तत्कालीन युवराज, अधिराजकुमार, अधिराजकुमारीले प्रयोग गर्ने कोठाको नामोनिशान छैन । कतिपय महत्व बोकेको बस्तुहरु केही पनि छैन दरवार भित्र । दरवार भित्र सबै कोठा खुल्ला नगर्दा त्यहाँ अवलोकन गर्न पुगेका सर्वसाधारण रुष्ट देखिन्थे । अब, म दरवार भित्र रहेका महत्वपुर्ण र अवलोकन गर्दा देखिएका स्थान र बस्तुको संक्षेपमा उल्लेख पार्न चाहन्छु ।
१. दरवारको मुख्य भवन भित्र
दरवार संग्राहलयको मुख्य भवनभित्र रहेका स्थानमा सबैभन्दा महत्वपूर्ण भनेको मेरो अनुभवमा स्व. राजा विरेन्द्रले २०४७ सालको संविधान जारी गरेको स्थान लाग्यो । त्यसैगरि अर्को स्थान भनेको राजा रानीको शयनकक्ष लाग्यो । त्यसैगरि दरवारभित्र विभिन्न राष्ट्राध्यक्षको लागी
बनाइएको शयन कक्ष, भोजन कक्ष अनि उनीहरुसंग गर्ने विभिन्न कुटनैतिक छलफलको लागी बनाइएको कक्ष हो जस्तो लाग्यो । तर, दरवार संग्राहलय भित्र जुन चिज खुल्ला हुनुपथ्र्यो त्यो चाही बन्द छ । सबैको चासो र जिज्ञासा रहेको पक्ष भने बन्द थियो । त्यसैगरि दरवारभित्र रहेको भनिएका राजपरिवारले प्रयोग गर्ने भान्छा कोठा बन्द छ । दरवार भित्र रहेका विभिन्न बैठक हलहरु त टि.भी.को पर्दामा देखिएकै छ । भित्र छिर्न पनि नियम अत्यन्त कडा
बनाइएको छ । दरवारभित्र धेरै स्थानमा फोटो बाहेक केही त देखिदैन । त्यस्तै संग्राहलय भित्र जुन चिज महत्वपूर्ण छ सबैको चासो छ त्यो भने हेर्न पाइदैन । त्यहाँ भित्र गोरखा, तनहुँ, बाग्लुङ, प्युठान, सल्यान जिल्ला लगायतको नाममा १८ वटा सदन, हल रहेछ । त्यसैगरी भित्र रहेका ९ वटा भन्दा बढी कोठा चाही किन अवलोकन गर्न दिइएन र दिँदैन त्यहाँ भित्र के नै छ र ?
२. बन्द गरिएका कोठाको विषय मा कर्मचारी नै अनभिज्ञ
दरवारभित्र रहेका जुन सर्वसाधारणले अवलोकन गर्छन, सबैले पढ्न जानेका हुँदैनन् । संग्राहलय भित्र रहेका कर्मचारीले यो यस्तो भनेर बुझाई दिँदा राम्रो हुन्छ तर त्यहाँ केही बोलिदैन । कर्मचारीले रुखो व्यवहार छ । किन बन्द गरिरहेको भन्ने प्रश्नमा उनीहरु नै अनभिज्ञ छन् । चित्त बुझ्दो जवाफ छैन । दिपेन्द्रले प्रयोग गरेको कोठा हेर्ने सबैको चाहना छ । तर त्यो चाहना पूरा हुन पाउँदैन । किन त्यो बन्द गरियो सबै सर्वसाधारण अनुत्तरित
छन् ।
३. दुई वर्ष अगाडी र हाल आकाश जमीनको फरक दरवार संग्राहलय घुमाउन राजधानीको धेरै विद्यालयका विद्यार्थीहरु पुग्छन् । संयोगबश त्यो दिन २ वर्ष अगाडी विद्यार्थी लिएर पुगेकी एक शिक्षिका भेटियो । उनी आक्रोशित थिइन् । उनी भन्दै थिइन् २ वर्ष अगाडी रहेका महत्वपूर्ण सामाग्री कहाँ पु¥याए होलान् । त्यस्ता ऐतिहासिक पुरातात्विक चिज कहाँ गयो होला । २ वर्ष अगाडी आउँदा र अहिले आउँदा अत्यन्तै फरक छ ।किन होला हाम्रो देश यस्तो किन यस्तो लापरवाही ? उनी प्रश्न गरिरहेकी थिइन् । तर उनको प्रश्नको जवाफ दिने कोही पनि थिएन ।
४. भग्नावशेषमा घटनास्थल र अपुरो जानकारी
सबैको तीव्र चाहना अनि नजर घटना स्थल पट्टी नै छ । तर, त्यो चाहना कसैको पूरा हुँदैन । किनकी
राजदरवार हत्याकाण्ड भएको भनिएका त्रिभुवन सदन अहिले भग्नावशेष मात्र छ । किनकी घटना भएको स्थान भित्र केही देखिँदैन । जानकारी त दिएको छ तर त्यो अपुरो छ । खाली एउटा टिनको पातामा लेखिएको छ । घटना स्थलमा देखि दिएको जानकारीहेर्दा रानी ऐश्वर्य, अधिराजकुमार निराजन र अधिराजकुमार धिरेन्द्र ढलेको स्थान देखाईएको छ । त्यस्तै तत्कालिन युवराज दिपेन्द्रलाई सख्त घाइते भएर ढलेको अवस्थामा भेट्टयाइएको स्थान छ । जहाँ दिपेन्द्र ढलेको स्थानमा अगाडी पट्टी रानी ऐश्वर्य ढलेको स्थान रहेछ । दिपेन्द्र ढलेको स्थानमा पोखरी रहेको छ । त्यो पोखरी अत्यन्त फोहोर छ । सरसफाईमा ध्यान दिएको छैन । किन होला यस्तो । साह्रै लापरवाही गरेको होला । घटनास्थल तर्फ लाग्दा ढक्क आङ्ग फुल्यो मेरो । जानकारी पुरै लिन पाइएन । घटनाको शुरुवात भएको यहाँबाट र यो स्थानमा यस्तो भएको भन्ने यथार्थ जानकारी दिएको भए राम्रो हुन्थ्यो । तर, छैन । भग्नावशेष मात्र देखियो । प्रमाण नष्ट गर्नलाई यस्तो गरेको भन्थे सर्वसाधारण । सबै अवलोकनकर्ता टक्क अडिन्थे । जहाँ दिपेन्द्र ढलेको स्थानमा पुगेपछि । एक जनाले त प्रष्ट भनिरहेका थिए । दिपेन्द्र तिमी निर्दोष हुँदा पनि तिमीलाई नै हत्यारा बनाए है । तर, हजुरको आत्माले शान्ति पाओस् ।
मैले देखेको र अवलोकन गरेको आधारमा केही टिप्पणी गरेको हुँ । अत्यन्तै राम्रो संग लेख्ने प्रयास गरेको छु । तर, सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने अब केही वर्ष पछाडी सामानको नामोनिशाना फेला पर्न गा¥ह्रो छ । प्रवेश शुल्क पनि धेरै नै महँगो छ । संग्राहलय भित्र किन यस्तो लापरवाही ? कसले दिन्छ यसको उत्तर । दरवार संग्राहलय जुगौँ जुगसम्म रहन पर्छ । त्यसैगरि बसन्तपुरमा रहेको जस्तो महत्वुपर्ण सामाग्री र चिज नारायणहिटी संग्राहलयमा पनि हुनुपर्छ । किन सामान दिनप्रतिदिन हराईरहेको छ । सुरक्षा कमजोर कि लापरवाही देखाईएको सामान सुरक्षा गर्नु सरकार र राज्यको दायित्व हो । यसतर्फ सचेत बनौँ ।

(अधिकारी नुवाकोटवाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकका प्रकाशक हुनुहुन्छ ।)