आजकालका ठिटा खोज्दै रितीका

612 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ritikaकाठमाण्डौं– २०४५ सालमा पिता ऋषिराम कुँवर र माता खिमा कुँवरको कोखबाट जन्मेकी हुन लोक गायिका रितीका कूँवर । लोक गायिका रितिकाको हालसम्म १० वटा गित बजारमा आइसकेको छ । त्यसमध्ेय कतिपय आउनेक्रमका पनि छ । रितिकाको हालसम्म मेरै लाली ओठ, आजकालका ठिटा, तिम्रो मन, बनाउ संविधान, उर्लेको बैश, आफ्नै भनौला लगायतका छन् । निकै मिलनसार रिताका भविष्यमा पनि लोक संगितमा नै रमाउने बताउँछिन् । हुँदा खादाको सरकारी विद्यालयको जागिर छोडेर लोक संगीत क्षेत्रमा हामफालेकी हुन् । लोकसंगीतमा सानैदेखि रुची भएपनि उनी औपचारिक रुपमा प्रवेश गरेको धेरै भएको छैन । तर, गाउँघरमा उनी नाँच्न गाउनमा अगाडी नै थिइन् । फलस्वरुप आज उनी यो स्थितीमा आइपुगेकी छन् । संगित उनको विचारमा दुःख सुखको साथी हो किनकी दुःखमा पनि अनि सुखमा पनि लोकसंगीतले साथ दिन्छ रे । प्रेम के हो भन्ने प्रश्नमा उनी भन्छिन् प्रेम एउटा बाच्ने आधार हो । कुनै पनि व्यक्ति माया विना बाँच्न सक्दैन । तर माया भनेको बाबु आमाले दाजुभाइले र साथीभाईले गर्ने माया हो । माया भन्ने वित्तिकै म यो सबै जनाको माया सम्झन्छु । प्रेम प्रस्ताव कत्तिको आउँछ भन्दा उनी भन्छिन् हेर्नुहोस् यो जमानामा कि राम्री हुनुपर्छ की पैसा हुनुपर्छ यी दुवै नभएको मान्छेलाई के प्रस्ताव आउनु । लोक संगित भित्र विकृति आयो भन्छन् नि भन्दा उनी भन्छिन् खै विकृती र विकास भन्दा पनि समयको माग यस्तै हो की भन्ने बुझ्नु म । अवको योजना के छ तपाईको भन्ने प्रश्नमा उनी यसो भन्छिन् – दुःख सुख जे गरेर पनि म लोक संगीत क्षेत्रमा नै रहन्छु । यही क्षेत्रमा आफ्नो जीवन व्यतित गर्छु भन्ने सोचाई छ तर भविष्यले कतिको साथ दिन्छ उनी । त्यसैगरी उनीमा भएको मिलनसार र हँसिलो बानिले उनी सफल हुँदै गइरहेकी छिन् । उनी आफु सफल हुनुमा सबैको साथ सहयोग भएको भन्छिन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको साधारण सदस्य समेत रहेकी उनको सांगितिक जीवन सफल होस हाम्रो शुभकामना ।

(कुराकानीमा आधारित)
प्रस्तुति  :  किरण अधिकारी / सुन्दरादेवीसन्देश साप्ताहिक नुवाकोट