संगीतमा फड्को मार्दै तृप्ती

690 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गायिका तृप्ती खड्का गुरुङ २०४६ मंसिर १३ गते पिता शेरबहादुर खड्का र आमा मैनादेवी
खड्काको कोखबाट जन्मेकी हुन् । उनी संगित क्षेत्रमा फड्को मार्ने प्रयासमा छिन् । संगितले मोहनी लाको छ उनलाई । हालसम्म उनको तीन वटा सोलो एल्बम बजारमा आइसकेको छ । ३० वटा भन्दा बढी गितमा उनले स्वर दिइसकेकी
छिन् । उनी सबै खालि गित गाउँछिन् । संगित क्षेत्रमा लागेपछि यो र उ विद्या छुट्टाउन हुँदैन रे उनी भन्छिन् ।
उनको सबै भन्दा बढी चलेको गित बैशले मात्तिएकी हुन् । उनी आफ्नो प्रतिभा प्रस्तुत गर्न विदेशी भुमिमा समेत पुगी सकेकी छिन् । उनको यात्रा हालसम्म दुवई, कुवेत भइसकेको छ ।
triptiसंगीत के हो भन्ने प्रश्नमा उनी भन्छिन् संगित दुःखसुखको साथी हो । संगितको परिभाषा गर्न गा¥ह्रो छ । प्रेम भनेको के हो भन्दा – प्रेम भन्नाले एकले अर्कोलाई गर्ने माया जसले हरेक मोेडमा साथ दिने नै प्रेम हो । प्रेम प्रस्ताव कत्तिको
आउँछन् भन्ने प्रश्नमा उनी भन्छिन् ः प्रेम प्रस्ताव आउनु भन्दा अगाडी नै मैले विहे गरिसकेको छु । संगित र कलाको क्षेत्रमा लागेको उनी ५ वर्ष भयो उनले हालसम्म दोहोरी तर्फ रामजी खाँड, अर्जुन खड्का, धिरज पाल्पाली, आधुनिक तर्फ नरहरी प्रेमी संग द्धैघ गित गाइसकेकी छिन् । पहिलो पटक उनले आफ्नै संगीतमा कमला क्षेत्रीको शब्दमा उनी आफै गाउँदै छिन् । संगित क्षेत्रमा टिक्न अति मिहेनत र दुःख गर्न सक्नुपर्छ उनको भनाइ छ । मोफसलमा बसेर संघर्ष गर्न झनै गा¥ह्रो हुन्छ रे उनको बुझाई हो । लोक संगितमा विकृति आयो भन्छन् भन्ने प्रश्नमा उनी भन्छिन् ः सुन्ने दर्शक र श्रोताहरु माथी भर पर्छ । तर समयको माग पनि त्यस्तै आएको हो की ? प्रतिप्रश्न गर्छिन उनी । आगामी योजना के छ त भन्दा उनको जवाफ छ दर्शक श्रोताको मन जित्ने खालको गित निकाल्ने योजनामा छु । मिलनसार खुवीकी धनी उनी सफलताको छिडी चढ्दैछिन् । उनी झट्ट हेर्दा कुनै
चलचित्रकी नायिका जस्तै देखिन्छन् साह्रै मिहेनती स्वभावकी तृप्तीको सांगितिक जीवन सफल होस् शुभकामना ।

(कुराकानीमा आधारित)
प्रस्तुति  :  किरण अधिकारी / सुन्दरादेवीसन्देश साप्ताहिक नुवाकोट