जिल्ला विकास योजना छनौट गर्ने सम्बन्धी सूचना

545 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ddc dhadingआर्थिक वर्ष २०७२/७३ को सहभागितामूलक वार्षिक जिल्ला विकास योजना तर्जुमाको प्रकृयामा वस्तीस्तरीय भेला, वडा भेला र गाउँ परिषद् बैठकहरु भई रहेका छन् । गाउँ परिषद्पछि ईलाकास्तरीय योजना तर्जुमा गोष्ठी, विषयगत योजना तर्जुमा समितिको बैठक, एकिकृत योजना तर्जुमा समितिको बैठक र जिल्ला विकास समितिको बोर्ड बैठक हुँदै २०७१ फाल्गुण मसान्त भित्रै जिल्ला परिषद्ले आगामी आ.व. २०७२/७३ को लागि वार्षिक जिल्ला विकास योजना तर्जुमा गर्ने क्रममा रहेको छ । यस सन्दर्भमा मिति २०७१ मंसिर १२ गते भएको पूर्व योजना तर्जुमा बैठकबाट पारित आगामी आ.व. २०७२/७३ को लागि आयोजना छनौंटका आधारहरु देहाय अनुसार रहेकोले सोहीअनुसार योजना छनौंट गरिने व्यहोरा सम्बन्धी सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. आयोजना छनौंटका आधारहरु
–   आवधिक जिल्ला विकास योजना, अन्य क्षेत्रगत आवधिक योजनाले निर्दिष्ट गरेका आधारमा रही प्राथमिकीकरण गर्ने,
–    पूर्वाधारतर्फ जिल्ला यातायात गुरूयोजनामा सामेल भएका सडक योजनाहरु,
–   वातावरणमैत्री स्थानीय शासन प्रारुप २०७० को सूचकहरुलाई पुरा गर्ने तथा वातावरण संरक्षणमा सघाउ पु¥याउने, विपद् जोखिम न्यूनीकरण गर्ने, नवीकरण उर्जालाई प्राथमिकता दिने खालका योजना तथा कार्यक्रमहरु ।
–    लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०६६ तथा वालमैत्री स्थानीय शासन रणनीति, २०६८ ले लक्षित गरेको महिला, दलित आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्तिहरु र बालबालिकाको लागि आयमूलक तथा सीपमूलक कार्यक्रमहरु ।
–    क्रमागत एवम् अधूरा रहेका कार्यक्रम वा आयोजनाहरू तथा थोरै रकममा मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याउन सकिने कार्यक्रम वा आयोजनाहरू,
–    सर्वसाधारण जनतालाई तत्काल प्रत्यक्ष फाइदा हुने तथा रोजगार केन्द्रित कृषि उत्पादन वृद्धि गर्न सघाउ पु¥याउने कार्यक्रमहरु र आयमूलक कार्यक्रमहरु ।
–   सामाजिक परिचालनको माध्यमबाट पहिचान गरिएका लक्षित समूहका मागलाई सम्बोधन गरिने विषयहरू (जस्तै : वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रबाट माग भएका)
–   स्थानीय स्रोत, साधन, श्रम, सीप र प्रविधि प्रयोग हुने प्रकृतिका तथा तत्काल रोजगार सृजना गर्ने एवम् आय आर्जनमा बढवा दिने योजना तथा कार्यक्रमहरु
–    कृषि, गैर कृषि र सेवा क्षेत्रका विविधिकरण तथा व्यापारिकरण गरी प्रतिस्पर्धात्मक तथा तुलनात्मक लाभका वस्तु तथा सेवाको उत्पादन तथा प्रवद्र्धन हुने कार्यक्रम वा आयोजनाहरू,
–   स्थानीय निकायको दीर्घकालीन रुपमा आन्तरिक आय वृद्धि गर्न सघाउ पु¥याउने कार्यक्रमहरू,

२. लक्षित वर्ग तर्फका योजनामा समग्र जिल्लाको प्राथमिकीकरणका थप आधारहरु
–    छिटो प्रतिफल प्राप्त हुने दीगो प्रकृतिको योजनाहरु, जलवायु अनुकूलन, प्रकोप जोखिम न्यूनीकरण सम्बन्धी योजनाहरु,
–    योजना तर्जुमा प्रक्रियामानै खास लक्षित वर्गका उपभोक्ता स्वयंको प्रत्यक्ष सहभागिता सुनिश्चितता भएको योजना तथा कार्यक्रमहरु,
–   योजनाबाट प्रत्यक्ष लाभान्वित हुने लक्षित वर्गको प्रतिशतलाई समेत आधार मान्ने,
–    जिल्लाको समग्र नीति भित्र लक्षित वर्गको प्राथमिकता दिई कार्यान्वयन योग्य योजना तथा कार्यक्रमहरु,
–    भौगोलिक विकटता र गरीबी नक्साङकनमा पछि परेको वर्ग र क्षेत्रलाई समेट्ने योजना तथा कार्यक्रमहरु,
–    जिल्लाको प्रमुख प्राथमिकतका क्षेत्रहरु भित्र परेको योजना तथा कार्यक्रमहरु,
स्थानीय विकास अधिकारी