उद्योग वाणिज्य संघको बिबाद सकियो, यसरी भयो ऐतिहासिक निर्णय

705 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

stock-footage-news-exclusive-news-title-blue-backgroundधादिङ–मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१ उदघाटन हुन चौविस घण्टा अघि दुई उद्योग वाणिज्य संघका बिच ऐतिहासिक सहमती भएको छ । दुई संस्थाका बिच दुई बर्ष जारी रहेको विवाद समाधान गरी नयाँ ढंगवाट अघि बढ्न र जिल्लाका उद्यमी व्यवसायीहरुको हक हितमा एकीकृत भएर अघि बढ्न २०७१ पुस ६ गतेको सहमती ऐतिहासिक दस्तावेज वन्न पुगेको छ ।

SAM_2454 copyदुई बर्ष देखि छुट्टाछुट्टै कार्यालयवाट गतिविधि संचालन गरिरहेका धादिङका दुई वटा उद्योग वाणिज्य संघ अव विधिवत एउटै बनेको छ । पुस ६ गते धादिङ उद्योग वाणिज्य संघको सचिवालयमा बसेको सर्वपक्षिय बैठकले दुई संस्थालाई एउटै वनाउने बिषयमा निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको रोहबरमा संघका अध्यक्ष चन्द्रकान्त अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा जिल्लाका राजनैतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख,धादिङ उद्योग वाणिज्य संघका पुर्वअध्यक्षहरु कृष्णकुमार श्रेष्ठ, ध्रुववहादुर थापाका साथै निवर्तमान अध्यक्ष प्रभातकिरण सुवेदीको पनि उपस्थिती रहेको थियो । बैठकमा नेपाली कांग्रेस धादिङका सभापती रामनाथ अधिकारी, नेकपा एमालेका अध्यक्ष भुमि त्रिपाठी,एकीकृत नेकपा माओवादीका अध्यक्ष रामवहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रतिनिधि नन्दप्रसाद काप्रीको पनि सहभागिता रहेको थियो । यसैगरी दुवै उद्योग वाणिज्य संघका पदाधिकारी,कार्य समितिका सदस्यहरु र व्यवसायीहरुको समेत सहभागिता रहेको संयुक्त बैठकले दुई संस्थालाई एउटै वनाएर लैजाने बिषयमा ऐतिहासिक निर्णय गरेको वैठकमा सहभागी एक सदस्यले वताए ।
धादिङ जिल्लामा २०४८ सालमा स्थापना भएको धादिङ उद्योग वाणिज्य संघमा आवद्ध एक हजार भन्दा बढी व्यवसायीहरु संस्थाको अधिबेशन तथा साधारण सभास्थलबाटै नितिगत एवम अन्य समस्या देखाउंदै २०६९ मंसिर ३० गते संस्था छाडेर वाहिरिएपछि सोही दिन उद्योग वाणिज्य संघ धादिङको गठन गरिएको थियो । समान उद्धेश्य र कार्य क्षेत्र भएका दुईवटा संस्था जिल्लामा सक्रिय भएपछि जिल्लाका उद्यमी व्यवसायीहरु पनि विभाजित हुन पुगेका थिए । दुई बर्ष सम्म व्यवसायीहरुको हक हितका निम्ति भन्दै समान उद्धेश्यका साथ दुई तिर फर्किएरु काम गरिरहेका संस्थाहरु धादिङ उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघका बिच २०७१ मंसिर २२ गते एउटै भएर अघि बढ्ने बिषयमा दुई संस्थाका नेत्तृत्व बिच लिखित सहमती भएको थियो । मंसिर २२ को सहमती र मंसिर २३ गतेको संयुक्त बैठकको निर्णयवाट गठन गरिएको सदस्यता छानविन समितिको सिफारिशका आधारमा उद्योग वाणिज्य संघ धादिङबाट सदस्यता पाएका धादिङ क्षेत्र नम्बर १ का ६४ जना सदस्यहरुलाई धादिङ उद्योग वाणिज्य संघको सदस्यता प्रदान गर्ने लिखित निर्णय भएपछि दुई संस्था एउटै हुने वाटो खुलेको हो । पुस ६ को बैठकले उद्योग वाणिज्य संघ धादिङमा आवद्ध एक हजार एक सय पैतिस सदस्यमध्ये क्षेत्र नम्बर १ का ६४ जनालाई आईतवारनै धादिङ उद्योग वाणिज्य संघको सदस्यता प्रदान गरेको छ भने वांकी रहेका सदस्यहरुलाई पनि आगामी माघ महिनाको ५ गते भित्रमा सदस्यता दिने बिषयमा निर्णय गरेको बैठकको निर्णय प्रतिलिपि धादिङ न्यूज डट कमले प्राप्त गरेको छ ।
दुई संस्था एकीकरण भएर अघि बढ्ने बिषयमा लिखित सहमती भएलगत्तै जिल्लाका उद्यमी व्यवसायीहरुमा पनि खुसीयाली छाएको छ । दुई बर्ष सम्म अलग अलग संस्थामा आवद्ध हुन पुगेका उद्यमी व्यवसायीहरुले पुस ६ को निर्णयले धादिङ जिल्लाको निजी क्षेत्रलाई संगठित पार्नुका साथै आर्थिक विकासका लागि एकजुट भएर अघि बढ्न उर्जा प्रदान गरेको प्रतिकृया दिएका छन ।
आईतवारको निर्णय पछि यस अघि दुईतिर विभाजित भएका व्यवसायीहरु पुस ७ देखि १७ गते सम्म संचालन हुन लागेको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवलाई भव्यरुपमा सफल पार्न जुटेका छन । महोत्सवको सोमवार पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले उदघाटन गर्नुहुने कार्यक्रम रहेको छ ।