क्रिसमस वनाउन सभासदहरु हेलिकप्टरमा चढेर चर्चमा

641 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Dhan bahadur ghale (2)धादिङ–धर्मपरिवर्तन र धार्मिक स्वतन्त्रता को वहस चर्केको वेला क्रिसमस डे मनाउन रि को चर्चले आमन्त्रण गरे पछि निर्वाचन क्षेत्र न, १ का तिनै जना संविधान सभाका सदस्यहरु हेलिकप्टरमा चढेर चर्चमा पुगेका छन् । जिल्लाको उत्तरी गाविस रि–४ , चोके गाउ“ स्थित हिमालय प्राथमिक विद्यालयको प्राङ्गणमा ईसाई धर्मलम्वीहरुले शुक्रवार विद्यालय वन्द गरेर उक्त कार्यक्रमको आयोजना गरेका थिए ।
धादिङ जिल्ला क्षेत्र नम्बर १ का निर्वाचित तथा समानुपातिक सभासद  त्रय नेकपा एमालेका निर्वाचित सभासद धनवहादुर घले , नेपाली कांग्रेसका समानुपातिक सभासद दिलमान पाख्रिन र राप्रपाका समानुपातिक सभासद परसुराम तामाङ्ग काठमाण्डौं वाट हेलिकप्टरमा कार्यक्रम स्थल रि को चर्च पुगेका हुन् ।
तिनै जना सभासदहरु प्रमुख अतिथी वनाउन गाविसहरुका सवै स्थानीय चर्चहरुको संगठन ’ईसाई एकता संगती’ले हेलिकप्टर भाडा व्यहोरेको थियो । उक्त कार्यक्रमको व्यवस्थापन संगतीका पाष्टर सुर्यमान विस्वकर्माले गरेका थिए ।
नेकपा एमालेका सभासद धनवहादुर घलेले काठमाण्डौं स्थित विमानस्थल वाट सहभागी हुन जाने आफु सहित तिनै जना सभासदको तस्वीर आफनो सामाजिक सन्जाल फेसवुक मार्फत सार्वजनिक गर्दै –‘आज येशु ख्रिष्ट को जन्मोत्सवको पावन अवसरमा शुभकामना कार्यक्रममा हेलीप्याड मार्फत री गा वि स मा जान लाग्दै हामी सभासद धन बहादुर घले, पर्शुराम तमाङ र दिलमान पाख्रिन एयरपोटमा.’ उल्लेख गरेका छन् । .गाविसका सवै वडामा ८ वटा मात्र विद्यालय भएको रि गाविसमा ४४ वटा चर्च स्थापना गरिएकोछ ।
गत वर्ष पनि यसै कार्यक्रममा सभासद  लगायतका अतिथीहरु लाई चर्चले हेलिकप्टर चार्टड गरेरै कार्यक्रम स्थल पुर्याएको थियो  थियो ।