मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव शुरु – पुर्व प्रधानमन्त्री देउवा वाट उदघाटन

979 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0186 DSC_0166धादिङ, ७ पुस : सहमतीवाट माघ ८ मा संविधान जारी हुने पुर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाले वताउनु भएको छ । जनतासंग गरिएको प्रतिबद्धता पुरा गर्न र मुलुकमा जारी संक्रमणकालिन अवस्थाको अन्त्य गर्नका लागि माघ आठ मा संविधान जारी गर्नु जरुरी हुने देउवाले वताउनु भयो ।
सोमवार देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा शुरु भएको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको उदघाटन गर्दै नेता देउवाले प्रकृयावाट भन्दा सहमतीवाट संविधान जारी गर्नुपर्ने र सहमतीका लागि सत्ताधारी दलहरु वाधक नवन्ने उहांको भनाई थियो । प्रदेशका बिषयमा सत्ताधारी दुई प्रमुख दल नेपाली कांग्रेस र एमालेका बिचमा कुरा मिलिसकेकाले एमाओवादीको प्रस्तावमा सहमतीको प्रयास गर्न सकिने उहांले वताउनु भयो । मुलुक तेश्रो स्रविधान सभाको निर्वाचनमा जान सक्दैन त्यसैले संविधान निर्माणको जिम्मेवारी पाएका सवै दलले एक अर्कालाई अविश्वास गरेर होइन एक आपसमा मिलेर माघ आठ मा संविधान जारी गरेर जनता प्रतिको विश्वास कायम राख्नुपर्ने देउवाको भनाई थियो ।

पुस १७ गते सम्म संचालन हुने महोत्सवको उदघाटन कार्यक्रमलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य सभासद एवम पुर्व मन्त्री राजेन्द्र पाण्डे,गंगालाल तुलाधर , पुर्व मन्त्री ठाकुर शर्मा, सभासदहरु गुरुप्रसाद वुर्लाकोटी,धनवहादुर घले,परशुराम तामाङ र दिलमान पाख्रिनले सम्वोधन गरेका थिए । यसैगरी जिल्लाका राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि,विभिन्न संस्थाका प्रतिनिधिहरुले पनि महोत्सव उदघाटन कार्यक्रमलाई सम्वोधन गरेका थिए ।

घरेलु उद्योग,कृषि,जलश्रोत,पर्यटन प्रवद्र्धन,आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने मुल नाराका साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा भएको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव शुरु भएको हो । महोत्सव उदघाटन हुनु अघि धादिङबेसी प्रवेशगर्ने चारवटा नाकाहरु पहरेचौतारा,पुछारवजार,शितलवजार र रायटारबाट एकै समयमा व्यानर,जातिय पहिचान दिने पोशाक र विभिन्न झांकी सहितको ¥याली निकालिएको थियो । महोत्सव १७ गते सम्म संचालन हुने छ । घरेलु उद्योग, कृषिप्रदर्शनी,दुग्धजन्य उत्पादन,हस्तकला,घरेलु उपयोगका बिद्युत्तिय तथा अन्य सामाग्रीका साथै वाल उद्यान,लघु चिडियाघर जस्ता बिशेष प्रदर्शनी महोत्सवमा रहेको छ महोत्सवमा करिव १५ करोडको कारोवार हुने आयोजक संस्था धादिङ उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष चन्द्रकान्त् अधिकारी वताउनु भयो । यस पटकको महोत्सवमा बिशेष गरी जिल्लाको कृषिजन्य उत्पादनलाई बिशेष प्राथमिकता दिंदै जिल्ला कृषि विकास कार्यालय तथा कृषिका क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको आयोजनामा महोत्सव स्थल भित्र छुट्टै प्रतियोगितात्मक कृषि प्रदर्शनीको पनि आयोजना गरिएको छ ।

महोत्सव उदघाटन कार्यक्रममा सहभागी हुनुअघि नेता देउवाले नेपाली काग्रेस धादिङको कार्यालयमा प्रेस युनियनद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रम र नेपाल तरुण दलको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई पनि सम्वोधन गर्नुभएको थियो । नेपाल तरुण दलका कार्यकर्ताले नेता देउवाको स्वागतमा पृथ्वीराजमार्गवाट मोटर साईकल ¥यालीको समेत आयोजना गरेका थिए ।