दक्षिण एसियाली महिला भलिबलमा नेपाल दोस्रो

680 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sports_53499
काठमाडौँ: नेपाली महिला भलिबल टोलीले प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा आठ वर्षपछि नयाँ इतिहास रच्दै रजत पदक हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको सो प्रतियोगितामा नेपालले श्रीलङ्कालाई ३–२ ले पराजित गरेको हो ।  यसअघि सन् १९९९ र  २००६ मा भएको दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले कास्य पदक जितेको थियो ।
नेपाले खेलको पहिलो र दोस्रो श्रेणीमा लगातार जित हासिल गरे तापनि खेलको तेस्रो र चौथो श्रेणी श्रीलङ्काले जित्यो । त्यस्तै खेलको अन्तिम श्रेणीमा नेपाल श्रीलङ्कालाई हराउँदै प्रतियोगितामा नयाँ इतिहास कायम गर्न सफल भयो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो र दोस्रो र श्रेणी २५–२३ र  २५–२२ ले आफ्ना पक्षमा तथा तेस्रो  र चौथो श्रेणी २५–१९ र २५–१४ ले  श्रीलङ्काले आफ्नो पक्षमा पा¥यो ।
त्यस्तै खेलको पाँचौँ तथा अन्तिम श्रेणी नेपालले १५–१० ले श्रीलङ्कालाई पाखा लगाएपछि नेपालको जित सुनिश्चित भयो । प्रतियोगितामा चार खेल खेलेको नेपालले तीन खेलमा जित तथा एक खेलमा हार भोगेको थियो । यसअघि भएको पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा बङ्गलादेशलाई पराजित गरेको नेपालले तेस्रो खेलमा भारतसँग पराजित भएको थियो । यस उपाधिसहित नेपालले एक हजार डलरसमेत प्राप्त ग¥यो ।
सोही मैदानमा आजै भएको अर्को खेलमा भारतले बङ्गलादेशलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधिमाथि कब्जा जमायो । भारतले बङ्गलादेशलाई २५–१३, २५–६ र २५–९ले पराजित गर्दै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो ।
यसैगरी प्रतियोगितामा श्रीलङ्का तेस्रो भयो । सो उपाधिसहित श्रीलङ्काले पाँच सय डलर प्राप्त ग¥यो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि भने भारतका टोली कप्तान टिजी राजुले जितिन् । उनले उपाधिसहित रु २५ हजार प्राप्त गरिन् ।
खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक सुदीशकुमार रिमालले महिला भलिबल खेलको विकास र विस्तारका लागि सम्बन्धित निकायले समयमा नै विचार गर्नुपर्ने बताउनुभयो । उक्त प्रतियोगितामा सन् २०१५ मा भारतमा हुनेछ ।
त्यस्तै नेपाली महिला भलिबल टोलीका कप्तान बिनिता बुढाथोकीले नेपाली टोलीका धेरै खेलाडीले अन्तर्राष्ट्रिय अनुभव नलिए तापनि प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको बताए ।
यही पुस ४ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालसहति भारत, श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशको सहभागिता थियो । प्रतियोगितामा माल्दिभ्स चौथो र बङ्गलादेश पाँचाँै स्थानमा रह्यो ।