संबिधान कहिले आउछ नेता ज्यु ?

836 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

BSबिष्णु सामरी 

देशको मुल कानुन अर्थात ‘संबिधान’ को बिषयलाई लिएर देशमा दश बर्से जनयुद्द चल्यो त्यसपछी लगभग आठ बर्ष भईसक्यो देश संक्रमणकाल बाट गुज्रिरहेको छ । यस अबधिमा नेपाली जनताहरुले धेरै दु:ख कष्ठ सहे पहिले संङ्कटकाल त अहिले संङ्क्रमण काल आखिर नेपाली जनताहरुलाई यो बिभिन्न थरिका कालबाट कहिले  मुक्त गर्ने ? २०६४ देखी २०७१ सम्म आउँदा  संबिधान सभा बाट संबिधान बन्न सकेको अवस्था छैन । कहिले कसको एजेण्डा समाहित नहुने कहिले कसको, कोही भन्छन १० प्रदेशमा संघियतामा जानुपर्छ कोही भन्छन  ७ प्रदेश भन्दा धेरै प्रदेश बनायो भने देशले थेग्न सक्दैन । कोही भन्छन राष्ट्रपती संसद्बाट चुन्नुपर्छ कोही भन्छन प्रतछ्य चुनावबाट राष्ट्रपती छान्नु पर्छ यि र यस्ता बिवादले गर्दा तत्काल अर्थात माघ ८ गतेभित्र संबिधान जारी हुने कुरा प्राय असम्भब जस्तै भएको छ। अझै पनि हाम्रा नेताजिहरुले माघ ८ मा संबिधान आउछ भन्न छोडेका छैनन दोस्रो संबिधान सभामा जाने बेलामा प्राय सबै दलहरुले एक बर्ष भित्रमा सके सहमती गरेर नसके प्रकृयामा गएर भएपनी एकबर्समा संबिधान दिन्छौ भनेर प्रतिबद्दता आफ्नो चुनाबि घोषणापत्रमा उल्लेख गरेका थिए आखिर त्यो घोषणापत्र चुनाबी प्रायोजनकै लागि मात्रै हो त ? त्यसैले नेता ज्युहरु संबिधान कहिले आउछ ? अहिले संबिधान जारी गर्ने भन्दा पनि संबिधान बनिसके पछी नेताजिहरुको हैसियत र स्थानको बारेमा बढी चर्चा भएको छ रे ! सबैले राम्रो काम गरेर देखाउनुहोस् तपाईंहरुको हैसियत तपाईंहरुले खोज्ने भन्दा पनि जनताले दिलाइदिने छन त्यसैले सक्नुहुन्छ सहमती गर्नुस् सक्नुहुन्न संबिधान सभामा नेत्रित्व गर्ने दलहरु बिच संबिधान सभामा प्रकृया अनुसार संबिधान बनाउनुस् सबै राजनीतिक दलहरु आफ्नो अडानबाट एक कदम पछी हट्ने हो भने दुई दिनमै सहमती हुनेछ यदी त्यस्तो भयो भने छिट्टै संबिधान बन्नेछ । होइन भने फेरी हामीले सोध्नु पर्ने हुन्छ नेता ज्यु संबिधान कहिले आउछ ?  अहिले एमाले काङ्रेस एकापट्टी एमाओबादी र मधेश्बादी दल अर्को पट्टी उभ्भिएका छन यि सत्ता पक्ष्य र बिपक्षको मारमा परेर संबिधान सभा अचेटिएको छ। त्यसैले माघ ८ मा संबिधान आउने कुरा टरेको जस्तो छ ।  कहिले घुर्क्याउने कहिले थर्काउने आपसी सहमती कहिल्यै नगर्ने देश र जनताको भबिश्य कहिल्यै नखोज्ने राजनैतीक दल र तिनका नेताहरुले गर्दा देश अनिर्णयको बन्दी बनिरहेको छ ।