आजदेखी चितवन हात्ती महोत्सव 

682 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

hattiसौराहा- चितवनको सौराहामा आजदेखी ११ औं चितवन हात्ती महोत्सव सुरु हुदैछ । बाघमारा सामुदायिक वनको चौरमा हुने महोत्सवको दिउँसो एक भव्यसमारोहकाबीच वन तथा भुसंरक्षण मन्त्री महेश आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन अघि विभिन्न जातजातिको संस्कृती झल्कने झाँकीसहितको शोभा यात्राले सौराहाका विभिन्न क्षेत्र परिक्रमा गर्ने कार्यक्रम रहेको आयोजक क्षेत्रिय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष एवंम महोत्सव संयोजक सुमन
घिमिरेले जानकारी दिनुभयो महोत्सव अन्र्तगत हात्ती दौड,गाडा दौड,टाँगा दौड,डुङ्गा दौड,हात्तीका छावाहरुबीचको रोमाञ्चक फुटवल,हात्ती सुन्दरी प्रतियोगिता हुनेछन् । यस बर्ष हात्ती दौड प्रतियोगितामा २० वटा हात्ती सहभागी हुनेछन् । छावाको फुटवल प्रतियोगिताको लागि ४ वटा,श्रृगांर प्रतियोगितामा ५ वटा,गाडा दौडमा २० वटा,टांगा दौडमा १८ वटा र १० वटा डुङ्गाका विचमा प्रतिस्पर्धा हुने संयोजक घिमिरेले बताउनुभयो । महोत्सवका लागि ३७ लाख ६९ हजार रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ । हात्तीको संरक्षण र यसको महत्वको वारेमा जनचेतना जगाउने उद्देश्यले हरेक वर्षको पुष ११ गतेदेखी हात्ती महोत्सवको आयोजना गरिदै आएको छ ।