धादिङका ३३ हजार घर टुकीको भरमा

829 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_0100

केशव अधिकारी

धादिङ,१७ जेठ / शहरमा लोडसेडिङले आम र्सवसाधरणको दैनिक जिवनलाई निकै असहज वनाउंदै लगेको छ । घर देखि कार्यालय सम्म र उद्योग व्यवसाय राष्ट्रिय  राजनिती सम्म्ा पनि हरेक दिन लोडसेडिङको चर्चा परिचर्चा हुने गर्दछ । शहर वजारमा कहिले काहीं आउने विजुली भने पनि छ तर  राजधानीको आडैमा रहेको धादिङ जिल्लाका ३३ हजार घर परिवारले अहिले सम्म लोडसेडिङ होइन विजुलीको उपभोगनै गर्न पाएका छैनन ।  धादिङ जिल्लाको विकटमा रहेका चार गाविसमा त अझै पनि केन्द्रीय प्रशारणवाट प्रसारित बिद्युत्त लाइन पुग्न सकेको छैन । केन्द्रीय प्रशारणको बिद्युत्त लाइन जोडिन नसकेका गाविसहरुमा जिल्लाको उत्तरी भेगको अति विकटमा रहेको तिप्लिङ, सर्ेर्तुङ, लापा र रिगाउं रहेका छन ।
जिल्ला विकास  समिति अर्न्तगत रहेको ग्रामीण उर्जा तथा वाताबरण शाखाको तथ्याङक अनुसार बिद्युत्त लाइन विस्तार भएका जिल्लाका अन्य गाविसहरुमा पनि सबै भाग बिद्युत्तिकरण हुन भने सकेको छैन । जिल्लाभरीमा  कुल घरधुरी संख्याको ३७ प्रतिशत – २७ हजार ) ले मात्र अहिले बिद्युत्त उपभोग गर्न पाएका छन । राष्ट्रिय प्रशारण लाइन पुग्न नसकेका ग्रामीण भेगका वस्तिलाई लक्षित गरी सरकारी तथा गैर सरकारी निकायको पहलमा गाउं गाउंमा बैकल्पिक उर्जा जडान गरिएका छन ।

ग्रामीण उर्जा तथा वाताबरण शाखाका प्रमुख इन्जिनियर शुरेश श्रेष्ठका अनुसार सौय उर्जाको प्रयोग गर्ने घर परिवारको संख्या जिल्ल्ााभरीमा ७ हजार ६ सय रहेको छ । इन्जिनियर श्रेष्ठका अनुसार कुल घरधुरीको १० प्रतिशतले जिल्लाभरीमा सौर्यउर्जाको प्रयोग गरिरहेका छन । त्यसैगरी साना तथा मझौला लघु जलविद्युत्त आयोजनावाट जिल्लाका पांच हजार ३ सय ६४ घरधुरी लाभान्वित भएका छन । जिल्लाको कुल घर संख्याको ७ प्रतिशतले  मात्र लघु जलबिद्युत्तको प्रयोग गरिरहेको इन्जिनियर श्रेष्ठ बताउंछन ।
पचास गाविस रहेको धादिङ जिल्लामा सबै भुभाग बिद्युत्तिकरण भएको गाविस एउटा पनि नरहेको र जिल्लाको कुल जनसंख्याको ४६ प्रतिशत अर्थात ३३ हजार ३ सय घर परिवार अहिले पनि टुकीको भरमा रहेको जिविस ग्रामीण उर्जा तथा वाताबरण शाखाले जनाएको छ । जिल्लामा अहिले ६४ वटा लघु जलबिद्युत्त योजनावाट चार सय ९२ .७५ किलोवाट बिजुली उत्पादन भईरहेको छ भने देविघाट तथा काठमाण्डौ प्रशारण लाइनवाट ल्याईएको केन्द्रीय प्रशारणको विजुली बितरण हुंदै आईरहेको छ ।