हिरोद्धारा विद्यालयलाई सहयोग

975 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

microधादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर — ७ तारुखर्कमा अवस्थित जलकन्या प्राथामिक विद्यालयलाइ शनिवार एक कार्यकक्रमका विच चार थान सुष्मदर्शक यन्त्र र शैक्षिक सामाग्री प्रदान गरिएको छ । नारायण सिंखडाको विशेष पहलमा जापानी नागरिक माथुवरा युकी हिरोले सो सामाग्री विद्यालयको प्रधानाध्यापक शिवलाल श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो । ग्रामीण भेगका बालवालिकाको शैक्षिक स्तरमा सुधार ल्याउने उद्देश्यको साथ करिव १ लाख ५० हजार बरावरको सुष्मदर्शक यन्त्र र ९० जना बालबालिकालाई कापी कलम लगायतका सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक नारायण सिंखडाले जानकारी दिनु भयो ।