चिउरा खुवाउने भन्दै शिविरमा बोलाएपछि…

602 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन- चितवनको विकट पहाडी गाविस काउले– २, डिलाङकी सर्किनीमाया चेपाई २ घण्टा लगाएर शुक्रवार दिंउसो काउले गाविसमा आईन् । उनी शुक्रवार औधी खुसी थिईन्, कारण उनले धेरै दिनपछि चिउरा खान पाउदै थिइन् । उनलाई चिउरा र दालमोठ खाने अवसर भने चितवनको सदरमुकाम भरतपुर वाट गएको विशेषज्ञ डाक्टर सहितले मिलाएको हो । नेपाल निजामती कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल चिकित्सक संघ, र रोटरी क्लप अफ नारायणी मिट टाउनले संयुत्त रुपमा आयोजना गरेको शिविरमा चिउरा र दालमोठ बाड्न्छि भन्ने सुनेर उनि त्यहां आएकी हुन् ।   उनी जब गाविशमा आईन् त्यहां चिउरा त बाडिएको थियो नै चिउरासंगै स्वास्थ्य उपचार शिविर पनि चलिरहेको थियो । उनिहरु जस्तै अधिंकाश चेपाड्ड तथा मगरहरु चिउरा खाने आशामा शिविरमा आएका थिए । निशुल्क स्वास्थ्य शिविरवाट ४ सयभन्दा बढीले स्वास्थ्य सेवा लिए । शिविरमा उपचारका लागी ३ घण्टा लगाएर विरामीहरु स्वाथ्य सेवा लिन आएका थिए । विशेषज्ञ चिकित्सक सहितको टोली विकट पहाडी गाविश हात्तीवाड्डमा पुगी स्वास्थ्य शिविरमा सहभागी भएका हुन् । कार्यक्रममा नाक, कान, घाटी, दांत, आखां, महिला तथा प्रसुती लगाएतका छुट्टाछुट्टै रोगमा भिन्नभिन्न डक्टरहरुले सेवा दिएका थिए ।   कार्यक्रममा नाक कान घाटी रोगको कन्सलटेण्ड डा अनिल विक्रम कार्की, स्त्री रोग विशेषज्ञ डा विजय चन्द्र आचार्य, डा श्री प्रसाद अधिकारी, फिडीसीयन डा गौरी राम महत्व, हाड जोर्नी विशेषज्ञ प्रकाश कडेंल, दन्त रोग विशेषज्ञ डा आशिष भट्टराई , डा पदम नेपाली, जयराम जोशी तथा अप्टोमेट्रीक डा गोपाल भण्डारी लगाएतले विरामीको उपचारमा सहजकिरण गरेका थिए ।   ३ घण्टा पैदल हिडेर उपचार गर्न आएकी धादीड्ड ०५ देउरालीकी केशकुमारी मगरले भनिन् ‘पेटसम्वन्धी समस्या थियो, आएर जांच गराए । औषधि दिनुभएको छ खाएपछि ठिक हुन्छ रे ।’ उनिजस्तै अधिंकाश विरामीहरु पेट र आंखासम्बन्धी समस्याले उपचार गर्न आएको नेपाल चिकित्सक संघ चितवनका सचिव बासुदेव पराजुलीले जानकारी दिए ।   शिविरमा १ सय १७ जनाको आखां परिक्षण गरीएको र उनिहरु मध्ये १७ जनामा मोतीविन्दुको समस्या देखीएको भरतपुर आखां अस्पतालकी सहायक व्यावस्थापक छाया श्रेक्ष्ठले जानकारी दिईन् ।     ग्रामिण क्षेत्रका मानिशकमा अशिक्षा र अज्ञानता भएका कारण आफ्नो स्वास्थ्यको ख्याल नगरेकाले आंखा जस्तो सम्वेदनशिल अंगका विरामी धेरै भेटीएको उनले वताईन् । ‘यस ठांउमा चेतनाको कमी रहेछ’, उनले भनिन्– ‘उनिहरुमा स्वास्थ्य सम्बँन्धी चेतना फैलाउन सके यस क्षेत्रका मानिशमा स्वास्थ्य सम्बन्धी समस्यामा कमी आउने थियो ।’   कार्यक्रमलाई ग्रामिण क्षेत्रसम्म पुर्याउन पाएको र सामाजीक कार्य गनर्न पाएको भन्दै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले वताए । शिविरका लागी मौलाकालीका अस्पताल, भरतपुर आखां अस्पताल, चितवन हिमाल डेण्टल अस्पताल, चितवन युवा समाज लगाएतको सहयोग रहेको थियो । कार्यक्रममका ३ लाख बराबरको औषधि वितरण गरीएको थियो ।