पञ्चकन्या माविमा नयाँ व्यवस्थापन समिति

537 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10877372_10204522866504897_967933684_nखाल्टे–खाल्टे गाविसको वडा नम्बर ६ मा रहेको पञ्चकन्या मावि व्यवस्थापन समिति अध्यक्षमा दिलवहादुर श्रेष्ठ चयन हुनु भएको छ ।
सोमवार बिद्यालयमा सम्पन्न अभिभावक भेलाले श्रेष्ठको अध्यक्षतामा नयाँ व्यवस्थापन समितिको चयन गरेको हो । समितिको सदस्यहरुमा छन्दमाया मगर,टंकवहादुर मगर र टिकाराम अगस्थी चयन हुनुभएको छ । यसैगरी भेलाले समिर श्रेष्ठलाई शिक्षक अभिभावक संघको अध्यक्षमा चयन गरेको छ । व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको भेलाको प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक केदार ढकाल र बिशेष अतिथीमा भैरेवी श्रोत केन्द्रका श्रोत व्यक्ति कृष्णराज अधिकारी रहनु भएको बिद्यालयका शिक्षक नयन केसीले जानकारी दिनु भयो ।