जोगिमाराको फचिमटारमा सुत्केरी भेट कार्यक्रम

185 पटक पढिएको

प्रकाशित मिति: १५ पुष २०७१, मंगलवार २२:११

सम्पादक: Dhading News

sutkeri bhetउद्धव चेपाङ

फचिमटार-धादिङको जोगिमारा गाउँ विकास समितिको वडा नम्वर ९ फचिमटारमा रहेको परिवर्तनशिल आमा समुहमा मंगलवार सुत्केरी भेट कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य संस्थामा गई सुत्केरी हुनु भएका रोजिया सेन ठकुरीलाई न्वारानको दिन पारेर आमा समुहले भेट गरेको हो । सुत्केरी भेटको अवसरमा आमा समुहका सदस्यहरुवाट फलफुल, आमा र बच्चाको लागि न्यानो कपडा, पोषण युक्त खानेकुरा उपहार स्वस्रप प्रदान गरिएको थियो । यसका साथै सुत्केरी अवस्थामा देखिने खतराका लक्षणहरु, गर्भवति जाँच, सुत्केरी जाँच, परिवार नियोजनको बारेमा स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो । सुत्केरी अवस्थामा माइतीको न्यास्रो मेट्ने र समुहमा आत्मिक भावना वृद्दि हुनुका साथै स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुनुपर्छ भन्ने महिलामा जागरण फैलने भएकाले सुत्केरी भेट कार्यक्रम गरिएको आमा समुहका अध्यक्ष जानुका घिमिरेले वताउनुभयो । जोगिमारा गाउँ विकास समितिको वडा नम्वर १, ३, ४ र ९ मा सुत्केरी भेट कार्यक्रम हुंदै आईरहेको छ । सुत्केरी भेट कार्यक्रमका कारण स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने महिलामा वृद्दि भएको जोमिगारा स्वास्थ्य चौकीले जनाएको छ । शान्ति नेपालले जोगिमारा, धुषा, बेनिघाट, महादेवस्थान, पिडा, गजुरी, कुम्पर, मुरलिभञ्ज्याङ, किरान्चोक गाउँ विकास समितिमा सामुदायिक स्वास्थ्य तथा सशक्तिकरण परियोजना सञ्चालन गर्दै आईरहेको छ । परियोजना अन्तरगत आमा समुह तथा आमा समुह सञ्जालमा जीवन सुरक्षा गोष्ठी, प्राथमिक स्वास्थ्य तालिम, वृद्दि अनुगमन केन्द्र सञ्चालन, व्यवहारिक मुख स्वास्थ्य शिक्षा, सुरक्षित मातृत्व प्रवर्धन कार्यक्रम अन्तरगत खुत्रुके उपहार, सुत्केरी भेट लगायतका कार्यक्रम सञ्चालन गर्दै आईहरेको शान्ति नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता दुर्गानारायाण श्रेष्ठले जानकारी दिनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१५ पुष २०७१, मंगलवार २२:११ मा प्रकाशित

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories