किराञ्चोक कटुञ्जे माविमा सहमतीवाट नयाँ व्यवस्थापन समिति

687 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10858532_732485776838142_4604657002385362783_nकिराञ्चोक– किराञ्चोक गाविसको किराञ्चोक कटुञ्जे माविमा सहमतीवाट नयाँ व्यवस्थापन समितिको चयन गरिएको छ । बिद्यालय व्यवस्थापन समिति गठनका बिषयमा राजनैतिक दलका बिच सहमती हुन नसक्दा लामो समय देखि समिति गठन कार्य अवरुद्ध हुंदै आईरहेको थियो ।
बुधवार बिद्यालयमा सम्पन्न अभिभावक भेलाले इन्द्रवहादुर अधिकारीको अध्यक्षतामा सात सदस्यिय व्यवस्थापन समितिको सर्वसम्मतवाट चयन गरेको हो । जिल्ला शिक्षा कार्यालय धादिङका विद्यालय निरीक्षक केदारप्रसाद ढकाल र बैरेनी श्रोत केन्द्रका श्रोत व्यक्ति शेरवहादुर अधिकारीको उपस्थितीमा सम्पन्न भएको अभिभावक भेलाले विगतका असहमतीका बिषयहरुमा सहमती खोज्दै नयाँ व्यवस्थापन समितिको चयन सर्वसम्मतवाट गरेको हो ।
भेलाले व्यवस्थापन समिति संगै कृष्णवहादुर विसुन्केको अध्यक्षतामा आठ सदस्यिय शिक्षक अभिभावक संघ पनि सर्वसम्मतवाट पुर्नगठन गरेको छ । भेलामा बिद्यालयका शिक्षक दिपेन्द्र भण्डारीले बिद्यालयको आय व्यय बिबरण प्रस्तुत गर्नुभएको थियो । भेलामा व्यवस्थापन समितिका पुर्व अध्यक्ष हरीकृष्ण जमकट्टेलका साथै बिद्यालयका अभिभावकहरु, छिमेकी बिद्यालयका प्रधानाध्यापक,स्थानीय राजनैतिक दलका प्रतिनिधीहरु,स्थानीय बुद्धिजिवी,शिक्षा प्रेमीहरुको उपस्थिती रहेको थियो ।