बालिका अपहरणकारी पक्राउ

404 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट- २१ पुस ।नुवाकोट जिल्लाको तुप्चे गाविसकी एक बालिकालाई अपहरण गरेको अभियोगमा रसुवाका युवालाई प्रहरीले पक्राउ गरेको छ ।

arest1तुप्चे–२ घर भई वडा ४ चनौटेमा बस्दै आएका रामजी पुडासैनीकी चार वर्षीया छोरी सृष्टिलाई अपहरण गरेको अभियोगमा रसुवा ठूलागाउँका १८ वर्षीय शङ्कर नेपालीलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।

गएराति पुडासैनीको घरमा बास बस्न पुगेका नेपालीलाई ठाउँ नभएकाले बास बस्न दिन नसकिने भनेपछि छोरी बोकेर हिँडेको प्रहरीले जनाएको छ ।

राति नै स्थानीयले गाउँ घेरेर खोजेपछि तुप्चेकै कर्मीटारमा बालिकालाई छोडेर नेपाली भागेका थिए । स्थानीयले नै नेपालीलाई समातेर प्रहरीलाई बुझाएका थिए ।