मेडिकल कलेजको सम्वन्धन रोकिंदा एमालेका २५ सभासदको उठिवास लाग्ने खतरा

342 पटक पढिएको

प्रकाशित मिति: २२ पुष २०७१, मंगलवार ०६:११

सम्पादक: Dhading News

काठमाडौं – बैंकको ऋण तिर्न नसकेपछि प्रस्तावित मनमोहन मेडिकल कलेजका सञ्चालक नेपाल राष्ट्र बैंकको कालोसूचीमा पर्ने भएका छन् ।

manmohan२४०० जनाभन्दा बढी सदस्य रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत् मेडिकल कलेज सञ्चालनका लागि ल्याएको ऋण तिर्न नसकेपछि सञ्चालकहरु कालोसूचीमा पर्ने भएका हुन् । जसमध्ये २५ सदस्य हाल एमालेका तर्फबाट सभासद रहेका छन् विजशाला डट कमले खबर लेखेको छ । ।

यही पुस मसान्तसम्म सावाँ र ब्याजको किस्ता गरी करिब १५ करोड रुपियाँ भुक्तानी गर्न नसके उनीहरु कालोसूचीमा पर्ने पक्का भएको छ । सभासदहरुले प्रधानमन्त्री तथा सभामुखलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रहसमेत गरेका छन् । मनमोहनका लागि सहकारीका नाममा १ अर्ब ७५ करोड रुपियाँ ऋण लिइएको थियो । उनीहरुले २०६४ मंसिर २३ गते शिक्षा मन्त्रालयबाट मनसाय पत्र पाएपछि नेपाल ईन्भेष्टमेन्ट बैंकको नेतृत्वमा ८ वटा बैंकहरुको सहवित्तियकरण लगानीमा १ अर्ब ७५ करोड कर्जा लिएका हुन् ।

मनमोहन मेडिकल कलेज सञ्चालक समितिका उपाध्यक्ष जिवनप्रकास शर्माले कालोसुचिमा परे पारिवारीक र सामाजीकरुपमा नकारात्मक प्रभाव पर्ने भएकाले सरकारले निकास दिनुपर्ने बताए ।

मेडिकल कलेज सञ्चालनका लागि भन्दै नेपाल ईन्भेष्टमेन्ट बैंकको नेतृत्वमा सिभिल बैंक, कुमारी बैंक, एनसिसि बैंक, एनवि बैंक, एनआइडिसी बैंक र एस बैंकबाट सो कर्जा लिएका हुन् । कलेज सञ्चालकले मेडिकल कलेजले स्वीकृति पाएपछि ब्याज लिने व्यवस्थाका लागि ऋणको नेतृत्वकर्ता नेपाल ईन्भेष्टमेन्ट बैंकलाई निर्देशन गरिदिन राष्ट्र बैंक गभर्नरलाई अनुरोध गरी गत मंसिर २९ गते पत्र पठाएका छन् । पत्रमा कलेजले सम्बन्धन नपाए कर्जा तिर्न नसक्ने उल्लेख  छ ।

पत्रमा सहकारीका अध्यक्ष तथा सभासद् राजेन्द्र पाण्डेको हस्ताक्षरमा भनिएको छ,  ‘मेडिकल कलेज प्रोजेक्टका लागि ऋण लिएको र देशको प्रधानमन्त्रीको ठाडो निर्देशनका कारण उक्त प्रोजेक्ट सफल हुन नपाएका कारण ऋणको ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा बैंकको नियमानुसार हरेक त्रैमासिकमा बुझाउनु पर्ने ब्याज यो संस्थाले यतिबेला तिर्न सक्ने अवस्था नभएको कुरा पुनः श्रीमान् गभर्नरलाई अनुरोध गर्न चाहन्छु ।’

यसअघि उनीहरुले २०७० माघमा पनि नेपाल राष्ट्र बैंकका गर्भनरलाई पत्रलेखि कर्जा रकममा लचकता अपनाई ‘रक्षा गरिदिन’ आग्रह गरेका थिए । उक्त पत्रमा भनिएको थियो, ‘त्रिविवि इन्ष्टिच्युट अफ मेडिसिनका डाक्टरले अनसन बसी समस्या सृजना गरेका कारण सम्वन्धन दिने कार्य १ वर्ष पछि धकेलिएको हुँदा सम्वन्धन नहुँदाको बखत बैंकसँग लिएको ऋणको सावाँ तथा ब्याज दुवै तिर्न नसकिने असहज परिस्थिति सृजना भएकाले मेडिकल कलेजहरुलाई सम्वन्धन दिने कार्यक्रममा आएको यस असहज परिस्थितिलाई ध्यानमा राखी विश्वविद्यालयबाट सम्वन्धन प्राप्त नहुन्जेलका लागि ब्याजलाई सावाँसँग जोड्ने र सम्वन्धन प्राप्त भई मेडिकल कलेजले आम्दानी गर्न थालेपछि सो आम्दानीबाट कटाउने गरि निर्णय लिने व्यवस्थाका लागि नेपाल ईन्भेष्टमेन्ट बैंकको नेतृत्वमा सहवित्तियकरणमा सामेल भएका सबै बैंकहरुलाई निर्देशन दिई समस्या सृजना हुन लागेकाले यस परियोजनाको रक्षा गरिदिन हार्दिक अनुरोध छ ।’

यसैगरी सम्बन्धनको पर्खाइमा रहेका प्रस्तावित पिपुल्स मेडिकल तथा डेन्टल कलेजले सञ्चालनका लागि ३१ करोड ८५ लाख र काठमाडौं नेशनल मेडिकल कलेजको करीब ४३ करोड कर्जा लिएको स्रोत बताउँछ । ‘सम्बन्धन नपाए यी दुबै कलेजका सञ्चालक पनि कालोसूचीमा  पर्नेछन् ।’ स्रोत भन्छ ।

को–को सभासद् पर्नेछन् कालोसूचीमा



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२२ पुष २०७१, मंगलवार ०६:११ मा प्रकाशित

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories