मलेसियामा सेवा सुविधा नपाउने उजुरी बढ्यो

628 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – सन् २०१४ मा मलेसियन दुतावासमा वैदेशिक रोजगारसँग सम्वन्धित समस्यामा २ हजार २४ वटा उजुरी परेको छ ।

malyasiyaa aदुतावासले दिएको तथ्यांक अनुसार ती गुनासाहरू मध्ये १ हजार ९ सय ३० वटा फर्छौट भइसकेका छन् भने २ हजार २४ वटा उजुरी मध्ये सबै भन्दा बढी नेपालमा भनिएको अनुसारको तलब, ओभर टाइम तथा अन्य सेवा सुबिधा नपाएका गुनासो छन् ।
यो वर्षमात्रै ७ सय ८० वटा तलब तथा अन्य सेवा सुबिधा नपाएका गुनासा परेका छन् । दुताबासका श्रम सहचारी बुद्धिनाथ भट्टराईका अनुसार आएका गुनासालाई तत्कालै समाधानका लागि पहल गरिनेछ भने तलब तथा सेवा सुबिधा नपाएका गुनासा सबै फर्छौट भैसकेको छ । दुतावासको तथ्यांक अनुसार ४ सय ९५ जनाले घर फर्कन पाउँ भनी निबेदन दिएकोमा सबै निबेदन फर्छौट भइसकेका छन् । त्यसैगरी नेपालमा म्यानपावरले भने अनुसारको काम नपाएकाको सम्वन्धमा आएका ३ सय ६४ गुनासा पनि फर्छौट भैसकेका छन् । परिमीट नबनाइदिएको वा नविकरण नगरेर कम्पनीले नै अबैध बनाएकाहरूको गुनासो ५७ प्रतिशत फछौट भइसकेको छ ।
कार्यस्थलमा कुटपिट खेपेका १ सय ४५ वटा गुनासामा सबै फर्छौट भएका छन् । कम्पनीमा कामगर्दा अंगभंग भएका तर आफुले पाउनु पर्ने बिमा रकम नपाएका ९ वटा गुनासामा सबै समाधान भएको पनि तथ्यांकमा उल्लेख गरिएको छ ।