धादिङका किसान अर्गानिक तरकारी उत्पादनमा

199 पटक पढिएको

प्रकाशित मिति: २२ पुष २०७१, मंगलवार १०:२३

सम्पादक: Dhading News

DSC_0461धादिङ- अर्गानिक तरकारी तथा फलफूलको माग सर्वत्र हुन थालेपछि धादिङका तरकारी उत्पादक किसानले रासायनिक मलको प्रयोग गर्न छाडेका छन् । उनीहरुले व्यवसायिक रुपमा अर्गानिक तरकारी उत्पादन गर्न थालेका छन् । केही बर्ष यता धादिङका किसानमा रसायनिक मलको प्रतिकूल प्रभावबारे जनचेतना बढ्दै गएकाले प्राङ्गारिक मलको प्रयोग गरी तरकारी खेती गर्नेतर्फ किसानहरु लागेका हुन् ।
धादिङको दक्षिणी र मध्ये भेगका दुई दर्जन भन्दा बढि गाविसमा व्यवसायिक रुपमा तरकारी खेती हुँदै आएको छ । पछिल्लो समयमा धुषाको चरौंदी, सलाङ, केबलपुर, गोगनपानी र छत्रेदेउराली गाविसका किसानले आफ्नो खेतवारीमा रासायनिक मलको प्रयोग गर्न छाडेका छन् । किसानहरुले तरकारीको फललाई किरा र चराबाट जोगाउन समेत थोत्रा प्लाष्टिक र कपडाको झण्डा बनाएर राख्ने गरेका छन् । उनीहरुले विषादीको साटो विभिन्न जडिबुटी र पशुको मुत्रबाट बनाइएको औषधी प्रयोग गर्ने गरेका छन् । रासायनिक मल तथा बिषादीको प्रयोगबाट तत्काल आयआर्जन लिन सकिने भए पनि यसबाट तरकारी उत्पादक किसानदेखि उपभोक्तासम्मको स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएपछि किसानहरुले आफ्नो खेती गर्ने शैलीमा परिवर्तन गरेको किसानहरु बताउँछन् । शैली परिवर्तन गरे पनि अर्गानिक खेतीको परिचान हुन नसक्दा विक्रि गर्न समस्या भएकाले अर्गानिक प्रमाणीकरण गरिदिन सरकारसँग माग गरेका छन् ।
राजधानी र देशका अन्य ठुला शहरको नजिक भएका कारण धादिङ जिल्लामा उत्पादित तरकारीले बजारको अभाव झेल्नु नपरेको व्यवसायिक किसानहरुको भनाई छ । किसानले व्यवसायिक रुपमा अर्गानिक खेती थालेपछि धादिङ जिल्लामा कृषि पर्यटनको सम्भावनासमेत बढेको छ । तर व्यापारीहरुले मनोमानी ढंगबाट भाउ घटाउने बढाउने गर्दा आफूहरु समस्यामा परेको किसानहरुले गुनासो गर्ने गरेका छन् ।
काठमाडौं उपत्यकालाई चाहिने तरकारी मध्ये करिव ३० प्रतिशत तरकारी धादिङ जिल्लाले पूर्ति गर्दै आएको छ । त्यसबाहेक यहाँ उत्पादित तरकारी पूर्वपश्चिमका विभिन्न जिल्लामा समेत पुग्ने गरेको छ । राष्ट्रिय जनगणना २०५८ अनुसार धादिङ जिल्लाका आर्थिक रुपले सकृय जनसंख्याको ८४ दशमलव ८५ प्रतिशत कृषिमा निर्भर छ । जिल्लामा कुल खेती योग्य जमिन मध्ये ३५ हजार ३०० हेक्टर जमिनमा विभिन्न किसिमका खेतीवाली हुंदै आईरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धादिङको तरकारीको पहिचान फेरिएर जिल्लाभर बिषादीरहित तरकारी उत्पादन हुन सकेमा स्थायी बजार विस्तार हुने बिज्ञहरुको भनाई छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२२ पुष २०७१, मंगलवार १०:२३ मा प्रकाशित

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories