आगामी बैशाख ११ मा नुवाकोटमा लोक दोहोरी अवार्ड हुने

506 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट– नेपाली लोक संगितको विकास, विस्तार संरक्षण र सम्वद्र्धनको साथै लोक कलाकारको हौसला बढाउने उद्देश्यले आगामी २०७२ बैशाख ११ गते “प्रथम सुन्दरादेवी वाग्मती अञ्चल स्तरीय लोक दोहोरी अवार्ड” हुने भएको छ । सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा उक्त अवार्ड हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
1535035_965373896815074_8938461877699908955_n“नेपाली लोक संगित हाम्रो पहिचान” संचार संस्थाबाट कलाकार सम्मान गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ हुने लोक दोहोरी अवार्डको लागी ७ सदस्यीय समिति गठन गरिएको छ । जसमा अध्यक्ष किरण प्रसाद अधिकारी, सदस्य सचिव दामोदर खतिवडा, कार्यक्रम संयोजक अनिता अधिकारी, सदस्यहरुमा राज न्यौपाने, प्रलाहद के.सी., चन्द्रलाल तमाङ र विष्णु क्षेत्री रहनुभएको छ । त्यसैगरि अवार्डलाई आवश्यक सल्लाह सुझाव दिनको लागी चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष शान्तिप्रिय राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको संरक्षक दुर्गा रायमाझी, वरिष्ठ लोक गायक, संगितकार एवं चलचित्र निर्माता नारायण रायमाझी, फेडेरेसन अफ इन्टरनेसनल डँन्स फेष्टिबलका एसिया होदेशका निर्देशक तथा एभरेष्ट नेपाल कल्चरल ग्रुकिो अध्यक्ष रामचन्द्र कोइराला, वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला र चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल रहनुभएको ६ सदस्यीय सल्लाहकार गठन गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
अवार्ड १२ विधामा वितरण गरिनेछ । जसमा उत्कृष्ट लोक गायक, उत्कृष्ट लोक गायिका, उत्कृष्ट नव प्रतिभा (केटा), उत्कृष्ट नव प्रतिभा (केटी) उत्कृष्ट म्युजिक भिडियो मोडल (केटा) उत्कृष्ट म्युजक भिडियो मोडल (केटी) उत्कृष्ट म्युजिन भिडियो निर्देशक, उत्ृकष्ट लोक दोहोरी संगितकार, उत्कृष्ट लोकदोहोरी शब्द संकलन, उत्कृष्ट एरेन्जर अवार्ड, पब्लिक च्वाइस अवार्ड रहेको छन् । त्यसैगरी उत्कृष्ट लाइफ टाइम एचिभ्मेन्ट अवार्ड १ जनालाई प्रदान गरिने अवार्डका अध्यक्ष एवं साप्ताहिकका प्रकाशक किरण अधिकारीले जानकारी दिनु भएको छ । ।
यसैगरि अवार्ड हुने दिन नुवाकोट जिल्लामा जन्मिएर लोक संगित क्षेत्रमा रहेर अहोरात्र योगदान पु¥याउने तीन जनालाई सम्मान गरिने अयोजक पक्षले जनाएको छ । कार्यक्रमको सह–आयोजकको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वाग्मती अंचल समिति र नुवाकोट जिल्ला समिति रहनेछन् । कार्यक्रम तयारी तिव्ररुपमा अगाडी बढाईएको छ ।