६० वर्षदेखि ननुहाएका पुरुष (फोटो फिचर सहित )

559 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

यी मान्छे साँच्चीकै विचित्रका मान्छे हुन् । विगत ६० वर्षदेखि जिउ ननुहाएका उनले ताजा खानेकुरा होइन सडेगलेको मासु खान मन पराउँछन् । उनी सायद विश्वमा सबैभन्दा लामो समय सम्म ननुहाउने मान्छे पनि हुन्, तर उनले यो किर्तिमानीको प्रमाणपत्र भने पाएका छैनन् ।

दक्षिणी इरानको फार्स प्रान्तस्थित देजगाह गाउँमा बस्ने अमो हाजी नामका यी व्यक्तिको उमेर ८० वर्ष भयो । जिउ नुहाएमा र सरसफाइ गरेमा विमारी भइन्छ भन्ने डर उनमा छ । त्यसैले उनले यस्तो जिवनशैली छाने जसमा दुर्गन्ध बाहेक केही छैन । उनले फोहोर खानेकुरा खाने र जिउलाई घिनलाग्दो बनाएका मात्र छैनन् आराम गर्नका लागि समेत दुर्गन्धयुक्त फोहोर जग्गा खोज्दछन् । उनी अहिले गाउँ नजिकैको एउटा गुफामा बस्दै आएका छन् ।
dirty-2

उनलाई सफा पानी तथा ताजा खाना मन पर्दैन । उनको लागि मनपर्ने खाना भनेको दुम्सीको कुहेको मासु हो । उनले धुमपान पनि गर्छन् तर कुनै आधुनिक सिगरेट होइन । जनावरको मललाई एउटा नलीमा राखेर त्यसमा आगो सल्काएर धुम्रपान गर्दछन् । उनले आफ्नो कपाल छोट्याउनका लागि काट्ने होइन जलाउने गरेका छन् । गर्मी महिलामा उनले टाउकोमा एउटा हेलमेट लगाउँछन् ।

स्थानीय बासिन्दाहरुका अनुसार यी व्यक्ति युवाअवस्थामा यस्तो हालतका थिएनन् , सरसफाइ तथा नुहाइधुवाइ गर्थे । जिवनमा आएका केही कठिनाइ तथा पिरमर्काका कारण उनी भावनात्मक रुपमा विक्षिप्त बनेर दुर्गन्धपूर्ण जिवनमा मोडिएका स्थानीयहरुको बुझाइ छ ।

गएको वर्ष स्थानीय युवाहरुले उनलाई जबरजस्ती नुहाइदिन खोज्दा समेत उनले मानेनन् र भाग्न सफल भए ।

dirty 1

– अनलाईन खबर डट कमवाट