शैक्षिक जगत: शिक्षकले चाहेमा गर्न सक्छन्…..

632 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

–    टीकाराम रेग्मी

“टीका सर, तपाईंलाई मन पनि पर्ने एउटा कार्यक्रममा भाग लिनुहुन्छ ?” अनायासै लक्ष्मण शर्माले सोध्नुभयो । ‘मन पर्ने’ भनेपछि भाग नलिने त कुरै भएन । भनेँ, “लिन्छु नि, के होला त्यस्तो ?”
मलाई कार्यक्रमबारे जानकारी नै नदिई मेरो मनको कुरा बुझेझै“ गरी गर्नुभएको प्रश्नको प्रतिक्रियामा मैले भनेँ । सत्यवती उच्च मावि, आदमटार, धादिङका बारे सुनेको थिए“ । मेरो रूचिको विषय पनि थियो– राम्रा विद्यालयहरु हेर्ने, केही नया“ देखे सिक्ने । त्यसै मेसोमा पुगेको थिए“ म त्यहा“ ।
केही दिनपछि सूर्योदय शैक्षिक प्रतिष्ठानका अध्यक्ष हरि थापाजीले फोन गर्दै बागलुङ जान सक्छु कि भनी सोध्नुभयो । मैले यो संस्थाबारे पहिल्यै थाहा पाइसकेको थिए“, यद्यपि चितवनमै भएको यो कार्यक्रममा भने मलाई बाहिर जानु परेकोले उपस्थित हुन सकेको थिइनँ । मैले राम्ररी चिनेका प्रा.डा. विद्यानाथ कोइराला जसले मलाई मेरो शैक्षिक पत्रिका ‘एजुकेसनल फोरम’को प्रमुख सल्लाहकारका रुपमा दिशानिर्देश गर्नुहुन्थ्यो, धनञ्जय शर्मा जसको विद्यालय हेर्न पटकौँ मेरा शिक्षक साथीहरुको टिम लिई गएको थिए“, शिक्षक मासिक जसले नेपाली शिक्षा र शिक्षकलाई तिखार्ने यात्रा तय गरेको थियो, त्यसैगरी शिक्षक युनियन आदि र यस्तै अरु शिक्षा क्षेत्रका हस्तीहरु, अभियन्ता भएको यो अभियानमा सहभागी हुन पाउ“दा म जस्तो विद्यार्थीका लागि धेरै कुरा सिक्ने हौसला आयो । सक्दिनँ भन्ने कुरै आएन, यसरी सुरू भयो मेरो यात्रा यो क्षेत्रमा ।
यसरी, विगत एक वर्षयताको यस क्षेत्रको मेरो यात्रामा बागलुङ, रोल्पा, डोटी र डडेल्धुरा गरी चार स्थान भएछन् । एकै प्रकृतिका कार्यक्रम भए तापनि भिन्न स्थानमा भिन्न व्यक्तित्वहरुस“गको भेटघाट र विचारको विनिमयले गर्दा भिन्न अनुभव हु“दोरहेछ । आज तिनै स्थानहरुमा सिकेका केही कुरा साथीहरुबीच बा“ड्ने विचारमा छु ।
सायद, अन्य कार्यक्रमहरुमा पनि यस किसिमको जमघट हुन्थ्यो होला । साथीहरुमा उत्साह जगाउने, उत्साहित हुने, अनुभवहरु आदानप्रदान गर्ने, एक साथीले गरेका राम्रा गतिविधिहरुको प्रशंसा गर्ने र तिनीहरुबाट आफूले पाठ सिक्ने र सिकाउने चलन पक्कै भएकै होला । म नेल्टाका कार्यक्रमहरुमा बाहेक अन्य स्थानहरुमा शिक्षक साथीहरु यसरी एकताबद्ध भएर हौसलापूर्ण आवाजमा ‘हो, वास्तवमा हामीले धेरै काम गर्न सक्ने रहेछौ’ भन्ने भावनाको विकास भएको पाएको थिइनँ । यी चारै स्थानका कार्यक्रमहरुमा सहभागी मित्रहरुले ध्यान दिएर सुन्ने, पालोमा आफ्ना कुरा शिष्टतापूर्वक राख्ने गरेको पाए“ । मलाई लाग्छ– त्यो पहिलो सर्त हो, सकारात्मक परिवर्तनका लागि ।
म देशकै मुटु चितवनको पनि नगर क्षेत्रमै बसोबास र कार्यक्षेत्र पनि भएको मान्छे, यति सुगम स्थानमा समेत विद्यालयहरु विद्यार्थीविहीन भएर गाभ्नुपर्ने अवस्थामा आइरहेको स्थिति देखेको मान्छे, चोक–बजारहरु, चियापसलहरु, सानातिना भेटघाटहरु जही“तही“ सामुदायिक विद्यालयहरुको खस्कँदो स्तरलाई लिएर उठाइएका सवालहरुमा, शिक्षकहरुको लापरबाही नै यो अवस्थाको मुख्य कारक हो भनी निकालिएका निष्कर्षले म आफैँलाई व्यङ्ग्य गरेको आभास हुनु स्वाभाविकै थियो, हुन्थ्यो । यिनै कारणहरुले पहाड तथा मधेसका गाउ“घरका विद्यालयहरुको त झन् के हालत होला भन्ने अनुमान गरेको थिए“ । तर, अवस्था मैले सोचेको भन्दा अत्यन्त भिन्न पाउँदा म आफ“ै स्वआलोचित हुनुपर्ने पाए“ ।
बालबालिकाको लागि पु¥याउनु पर्ने सुविधा वा असुविधाकोे कुरा अलग होला– मानिस, उसले लगाउने कपडाले, ऊ बस्ने घरले, उसको घरको स्थितिले, बजार वा भिन्न आधुनिक सुविधाले, उसको आर्थिक हैसियतले, जातीय वा धार्मिक विश्वासले र उसको औपचारिक बोलीचालीले मात्र पनि पहिचान बनाउन सक्दोरहेनछ । अर्थात् भूगोलले पनि कर्मशील मान्छेहरुका कर्तव्यनिष्ठ पाइलाको गति रोकिँदा रहेनछन् । यो यात्राको क्रममा मैले कल्पना गरेको भन्दा भिन्न अवस्था देख्न पाए“ । म मेरा विद्यार्थीहरुलाई प्रायः भन्ने गर्दथेँ– ‘मानिसले चाह्यो भने गर्न नसकिने के छ र ? पहिले सक्छु भन्ने हिम्मत त गर !’ हो, यो यात्राको क्रममा मैले यही देखेँ । वास्तवमा चाहना पहिलो कुरा रहेछ, त्यसपछिको लगाव र आफैँमाथिको निरन्तर विश्वास । मान्छे व्यक्तिगत होस् वा सामुदायिक क्षेत्रमा, यिनै लगावहरुको कारणले अघि वा पछि पर्दारहेछन् ।
सदरमुकामदेखि निकै टाढाका विद्यालयहरु जहा“ स्तरअनुरुप दरबन्दीका शिक्षकहरुको न्यूनता छ, राम्रो विद्यालय भवन पनि छैन, निजी स्रोतमा न्यून मासिक पारिश्रमिकमा शिक्षकहरु राखेर, स्वयम्सेवक शिक्षक राखेर चलाइएका विद्यालयहरुको अवस्था सुविधासम्पन्न विद्यालय भवनहरु, राम्रो आर्थिक स्रोत, विद्यालयमा चलेका तहअनुसारका दरबन्दी रहेका विद्यालयहरु भन्दा राम्रा पाइनुले पनि मेरो पुरानो मान्यता सत्य नभएको पाए“ । बागलुङबाट सुरू भएको मेरो यात्रामा अमर प्रावि, अर्घले सिले, अर्घाल प्रावि खालडा“डा, जनप्रेम उच्च मावि, तथा राङ्खानी उच्च मावि, रोल्पाका बाल कल्याण उच्च मावि, ज्ञानोदय प्रावि, भगवती निमावि, डोटीका भगवती मावि, तलरा, राधाकृष्ण उच्च मावि, गिरीचौका उच्च मावि र डडेलधुराका  वैजनाथ मावि, भूमिराज प्रावि, सरस्वती मावि भातडा“डा जुन स्तरअनुसारको दरबन्दी नै बिना पनि पुराना स्थापित माविहरुलाई समेत उछिन्दै अघिल्लो पङ्क्तिमा आइरहेका छन्, यी उदाहरणहरुले शिक्षकहरुको लगाव, परिवर्तनप्रतिको चाहना र कर्तव्य बोधका कथाले शिक्षकहरु वास्तवमै शक्तिशाली छन् भन्ने कुरा पुष्टि गर्दछ ।
कार्यक्रमहरुमा सहभागी शिक्षक, प्रधानाध्यापक साथीहरुका केही नीतिगत प्रश्नहरु त आउ“थे, तर तिनलाई अध्यापन कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने आशय जोडिएका अत्यन्त जिज्ञासु प्रश्नहरुले ओझेलमा पार्दथे । अन्तत्र्रिmयाका क्रममा आफ्ना अनुभव राख्ने मित्रहरुले ‘मैले यसो गरेँ’ भनिरह“दा ती प्रश्नकर्ता मित्रहरुले आफ्ना प्रश्नको उत्तर पाउनुहुन्थ्यो । केही साथीहरुले कुनै निश्चित पाठ कसरी पढाउ“दा बढी प्रभावकारी हुन सक्ला भन्ने किसिमका प्रश्नहरु समेत सोध्नुभएको थियो, तर समयको चापको कारणले गर्दा सबै जिज्ञासाको समाधानतर्फ जान सकिएन, यो दुःखको कुरा हो ।  यी कार्यक्रममा खचाखच भीडमा रहनुभएका साथीहरु आफ्ना अनुभव राख्दै, अरुका सुन्दै गर्दा ‘अब के गर्न सकिन्छ’ भन्ने सोचाइमा डुबेको पढ्न सकिन्थ्यो, उहा“हरुको अनुहारमा । शिक्षकहरुमा यो प्रकृतिको सोच आउनु वास्तवमा कार्यक्रमको सफलता हो भन्ने लाग्छ ।
डडेलधुराको कार्यक्रमकै क्रममा सुर्खेतबाट आउनुभएका गेहेन्द्रप्रसाद दहालको अभिव्यक्तिले त मलाई झनै प्रभावित पा¥यो । भन्नुहुन्थ्यो– ‘केही वर्षपहिले म कुनै अमूक सङ्गठनको शिक्षक थिए“ । मलाई अमूक सङ्गठनको हुनुभन्दा सबै विद्यार्थीको, सबै अभिभावकको शिक्षक, प्रधानाध्यापक हुन मन लाग्यो । अहिले मेरो परिचय एउटा प्रधानाध्यापक मात्र हो, त्यसबाहेक अरु केही छैन । म अहिले कसैको होइन, सबैको भएको छु ।’  हुन पनि उहा“ले तीन वर्षको अवधिमा आफ्नो विद्यालयमा आमूल परिवर्तन गर्नुभएको रहेछ । भन्नुहुन्छ– ‘विद्यालयमा तन–मन दिने पा“च जना कर्मठ साथी भएमा अरुले त पछ्याइहाल्छन् ।’
चितवनकै प्रसङ्ग जोड्दा पनि पुराना र साधनसम्पन्न विद्यालयहरुमध्ये नारायणी नमुना उच्च मावि, भरतपुरलगायतका केही विद्यालयहरुले राम्रै स्तर धानेका छन् । साधन, स्रोत र शिक्षक दरबन्दीको आधारमा विपन्न नै भन्नुपर्ने, मोहना मावि, बछ्यौली मावि, गवै मावि, सरस्वती मावि, सिद्धार्थ मावि केरूङ्गा, भानु मावि, लक्ष्मी उच्च मावि जगतपुर, साझापुर उच्च मावि, युवा मावि ज्योतिनगर आदि विद्यालयहरुले पछिल्लो समयमा स्थापित भएर पनि अभावहरुस“ग जुद्धै राम्रो स्तरको नतिजा दिन सकेका छन् । यी विद्यालयहरुमा न त स्तरअनुसारको पर्याप्त शिक्षक दरबन्दी छ, न त पुराना तालिमप्राप्त शिक्षकको बाहुल्यता छ, न भौतिक सुविधाको दृष्टिले सम्पन्न छन् । तर पनि समाजको मन राम्ररी जित्न खोजेका छन्, आशा लाग्दा विद्यालयको पङ्क्तिमा उभिन सकेका छन् । यिनमा कार्यरत शिक्षकहरु अझै के गर्न सकिन्छ भन्ने कुरामा चिन्तित छन् ।
प्रश्न उठ्छ– आखिर के हो त त्यो कारण, जसले ती कमजोर भौतिक अवस्था, कम दरबन्दी भएर पनि केही त गर्न सकिन्छ भन्ने राम्रो दृष्टान्त देखाउन खोजेका छन् । तर, किन राम्रो सुविधा पाइरहेका विद्यालयहरुले यो परिणाम दिन सकिरहेका छैनन् ? यो प्रश्नको जवाफको खोजी गर्दा प्रमुख कारण शिक्षकहरुका बीच ‘केही त गरौ“, आफूले सक्ने त गरौँ’ भन्ने भावना, उहा“हरुमा भएको इच्छाशक्ति र त्यसको निम्ति अपनाइएका मेहनती एकताबद्ध गतिविधि नै रहेछन् ।
कुनै पनि प्राणीले विशेषतः दुई प्रकारका आन्तरिक र बाह्य प्रेरणाको कारणले काम गर्दछ भन्ने कुरा हामी शिक्षकहरुमा पनि उत्तिकै लागू हुन्छ नै । तपाईंस“ग त यो क्षमता छ, प्रयोग गरी हेर्नोस् त भनी अर्काले देखाइदिएपछि मात्र आफ्नो क्षमता थाहा पाउने आजको मात्र होइन । रामायणका अनुसार सीतालाई हरणपछि खोजी कार्यमा जब समुद्र तरी जानुपर्ने भयो, सम्भावित पात्र हनुमानले आफू जान त सायद सक्ने तर फर्की आउन नसक्ने हो कि भनी निश्चिन्त हुन नसक्दा जाम्ववानले हनुमानमा रहेको शक्तिको स्मरण गराएपछि हनुमानले आफूलाई उक्त कामको लागि योग्य सम्झी सहस्र स्वीकारेका र सफल पनि भएको कुरा पढ्न पाइन्छ । हामीले सुनेका छौँ, आफ्नै सुगन्धको खोजीमा दौडिरहने कस्तुरीले झैँ हामी शिक्षकहरु पनि कतै आफैँलाई राम्ररी चिन्न नसक्दा भौँतारिइरहेका त छैनौँ ? हामी शक्तिशाली हनुमानहरुलाई हाम्रै शक्तिको पहिचान गर्न जाम्ववानको खा“चो छ । यही कुरा मैले यस अभियानका क्रममा देखेका र गरेका अनुभवले सिद्ध गरेको छु ।
सायद प्रारम्भिक चरण भएर होला, हालका दिनहरुमा विद्यालयमा स्वाभाविक सङ्ख्यामा विद्यार्थीहरु जम्मा गर्ने गरी अभिभावकहरुको मन जित्न सक्नु, ती विद्यार्थीहरुलाई सामान्यभन्दा सामान्य स्तरको भौतिक व्यवस्थापन गर्न सक्नु, आजको समाजले हेरिरहेको प्रवेशिका परीक्षामा राम्रो उत्तीर्ण प्रतिशत पु¥याउन सक्नु, सकभर केही विद्यार्थीलाई विशिष्ट श्रेणीमा उत्तीर्ण गराउन सक्नु आदिलाई नै राम्रो शिक्षा दिन सफल विद्यालयको लगभग मानकको रुपमा लिने गरिएको छ । यिनै विशेषताहरुकै मात्र पनि अभाव रहेको आजको शैक्षिक समाजमा यत्तिमात्र हुनु पनि हाम्रो लागि आशाको त्यान्द्रो हुन सक्ला । म आशावादी छु, भोलिका दिनमा एक तह उत्तीर्ण गरेका बालबालिकालाई कम्तीमा आफ्नो व्यावहारिक जीवनका लागि अत्यावश्यक सीपले युक्त बनाउने, आफूमा रहेको अन्तरनिहित क्षमताको बिनाहिच्किचाहट प्रदर्शन गर्न सक्ने हक्की विद्यार्थी उत्पादनको निम्ति आधार तयार गर्नका निम्ति बालबालिकाले पूर्णतः बालमैत्री वातावरणमा सिर्जनात्मक सिकाइको वातावरण प्राप्त गर्ने कुरामा जोड दिऊ“ भन्दै हाम्रै अभियानले बिगुल फुक्ने छ ।
सारांशमा,
यी कार्यक्रमहरुमा सहभागी भइसकेपछि आफूजस्तै वा आफूभन्दा कमजोर अवस्थामा रहेका विद्यालयहरुले आफूले भन्दा राम्रो अवस्थाको सिर्जना गर्न सकेका उदाहरण देख्दा आफै“लाई मनमनै धिक्कार्दै बागलुङका परमानन्द सरले झै“ ‘केही दिनपछि आउनोस्, अब हामीले पनि गरी देखाउँछौं“’ भन्ने जुन उद्गार सुन्न पाइयो, त्यसले वास्तवमा यो ‘शिक्षकले चाहे गर्न सक्छन्’ भन्ने उक्तिले सार्थकता पाएको अनुभव भयो । साथै, यो सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारको अभियानमा मरिमेटेर लागेका सूर्योदय शैक्षिक प्रतिष्ठानका अध्यक्ष हरि थापा, कार्यक्रम संयोजक कपिल श्रेष्ठ तथा अर्जुन श्रेष्ठहरु एउटा राम्रो कार्यमा लागिरहेको विश्वास जगायो ।
क्रियाशील मान्छेका लागि पनि कोही तताइदिने, हौसला दिइरहने, शक्ति चिनाइदिने ‘जाम्ववान’ भइदियो भने ऊ अझै बढी त्रियाशील हुन सक्दोरहेछ भन्ने कुरा पनि यो अभियानले हामीलाई सिकाएको छ । माथि उल्लेख गरेको बाह्य प्रेरणा यही नै हो । र, बेलाबखत आफूले गरेका कामको पहिचान गरिदिने पक्षको पनि आवश्यक हु“दोरहेछ । यस प्रकारको कामको मूल्याङ्कन अर्थात् यो बाह्य उत्प्रेरणाले मानिसको आन्तरिक उत्प्रेरणा जगाउ“दो रहेछ । यस अर्थमा ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ कार्यक्रम र यसका प्रमुख अभियन्ता प्रा.डा. विद्यानाथ कोइरालाले ‘आजका जाम्ववान’को भूमिका निर्वाह गरेको पाए“ । र, अत्यन्त आशावादी पनि भए“ यो कार्यक्रमले सामुदायिक विद्यालयहरुमा पुनर्जागरण ल्याउने कार्यमा कोशेढुङ्गाको काम गर्दैछ ।

-इ चितवन पोष्ट डट कमबाट