महादेवबेसीमा दृष्यविहीनहरुको लागि नमुना श्रोत कक्षा तथा छात्रावास उदघाटन

860 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेवबेसी- धादिङको महादेवबेसीमा दृष्यविहीन बिद्यार्थीहरुको लागि अपाङ्गमैत्री नमुना श्रोत कक्षा तथा छात्रावास भवनको निर्माण गरिएको छ । फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको एघार कोठे भवनको महिला बालवालिका तथा समाज कल्याण मन्त्री निलम केसी र फिनल्याण्ड सरकारका प्रतिनिधि जुक्का इलोमकीले सोमवार संयुक्त रुपमा उदघाटन गर्नु भयो ।
DSC_0818 DSC_0938महादेवबेसीस्थित जनजागृत्ति उच्चमावि परिसर भित्र कुल १ करोड ६६ लाख को लागतमा निर्माण गरिएको नमुना श्रोत कक्षा तथा छात्रावास भवनमा ४० जना दृष्यविहीन बिद्यार्थीलाई राख्न सकिने बिद्यालयले जनाएको छ ।जनजागृत्ति उच्चमाविले दृष्टिविहीन भएका बिद्यार्थीहरुका लागि लक्षित गरेर पढाई सञ्चालन गर्दै आईरहेको छ । बिद्यालयमा अहिले १४ जना छात्रा र १८ जना छात्र अध्ययनरत रहेका छन । श्रोत कक्षा तथा छात्रावास संचालनका लागि परिलक्षित संस्था मार्फत आर्थिक तथा शैक्षिक सामाग्री सहयोग प्राप्त हुंदै आईरहेको बिद्यालयका श्रोत शिक्षक विमल थापाले जानकारी दिनु भयो ।२०६६ साल कार्तिक देखी जिल्ला शिक्षा कार्यालयबाट अनुमति प्राप्त गरि समाहित रुपमा विद्यालयमा  कक्षा सञ्चालनमा रहेको थियो भने  भाडामा छात्रावास भईरहेको बिद्यालयका प्रधानाध्यापक सरोज कार्कीले जानकारी दिनु भयो । छात्रावास निर्माण पछि विद्यालयमानै ४० जना सम्म विद्यार्थिहरुले निशुल्क रुपमा आवस सहित शिक्षा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्न सक्ने विद्यालयका प्रधानाध्यापक कार्कीले बताउनु भयो ।
फिनल्याण्ड सरकारको सहयोगमा फेल्म नेपाल मार्फत परिलक्षित काठमाण्डौ ले चन्द्रज्याति एकिकृत ग्रामिण विकास समाज र विद्यालय संग को समन्वय साझेदारीमा १ करोड ६६ लाखको लागतमा छात्रावास सहितको श्रोतकक्षा, पुस्तकालय, कम्प्यूटर सहित सम्पुर्ण व्यवस्थापन सहित २०७० असार देखी भवन निर्माण थालिएको  थियो । नमुना श्रोत कक्षा तथा छात्रावास भवनको निर्माणका लागि फरवार्ड लुकिङ (परिलक्षित ) संस्था मार्फत अन्र्तराष्ट्रिय गैर सरकारी सस्था फ्लेम ले फिनल्याण्ड सरकारसंग समन्वय गरि आर्थिक श्रोत जुटाएको हो । भवनको उदघाटन कार्यक्रममा फिनल्याड सरकारका प्रतिनिधि जुक्का इलोमकी,पुर्वमन्त्री एवम धादिङ क्षेत्र नम्बर ३ का सभासद राजेन्द्र पाण्डे, फ्लेम नेपालका कन्ट्री डाईरेक्टर बेन बेस्ट्रेलिङ , हन्नालिना पोलकी लगायतको आतिथ्य रहेको थियो । यसैगरी जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक महेन्द्रबिक्रम मल्ल,परिलक्षित संस्थाका विजयकुमार मानन्धर,फ्लेम नेपालका प्रकाश ढकाल, विद्यालयका सल्लाहकार नेत्रराज पौडेल, सिड्सका अध्यक्ष उर्मिला रेग्मी तथा भवन निर्माण का ठेकेदार प्रल्हाद लामिछानेले् बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा महिला वालवालवालिका तथा समाजकल्याण मन्त्री निलम केसी र फिनल्याण्ड सरकारका प्रतिनिधि इलोमकीले संयुक्त रुपमा रिवन काट्नुका साथै शिलालेखको सामुहिक अनाबरण गर्नुभएको थियो । यसै गरी साथै फेल्म नेपालका क्षेत्रिय निर्देशक बेन वेस्टरलिङ्ग, ले दृष्टिविहन विद्यार्थीहरुलाई खादा लगाइदिएर छात्रावास प्रवेश गराउनु भएको थियो । साथै समाजकल्याण परिषदका सदस्य सचिव इन्जिनियर रविन्द्र कुमार ले विद्यालयलाई साँचो हस्तान्तरण गर्नुभएको थियो ।  बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णवहादुर कार्की विरामी परेर उपचारका लागि अस्पताल भर्ना हुनुभएका कारण भवन उदघाटन कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका सदस्य एवम शिक्षक अभिभावक संघका अध्यक्ष गोकर्ण रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।