प्रेममा परेका मुकेशको धुन मा यस्तो बिलौना

655 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10904935_791048634299902_913955806_nचैत्र ६ गतेलाई प्रदर्शनको मिति तय गर्दै प्रचार प्रसारको थालनी गरेको चलचित्र ‘धुन’ को नयाँ गीत रिलिज भएको छ । निर्माता सुशिल शाहले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा चलचित्रका लिड कलाकार मुकेश ढकाल मुख्य फिचरिङमा रहँदा उनलाई जीवन लुईंटेल, नीता ढुङ्गाना, श्रेया दुलाल, उमावेवी लगायतले साथ दिएका छन् । पहिलो पटक सार्वजनिक गीतमा मुकेश देखिएका थिएनन् ।
चलचित्र ‘धुन’ को सार्वजनिक ‘मेरो प्यार’ बोलको गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ भने संगीत लक्की सिटौलाले भरेका छन् । गीतको शब्द पनि संगितकार सिटौलाको नै हो । यसअघी सार्वजनिक भएको ‘केहि पल’ बोलको गीतले चलचित्र बजारमा राम्रो चर्चा र दर्शक र श्रोताको राम्रो साथ पाईरहँदा सार्वजनिक यो गीतले पनि राम्रो साथ पाउनेमा निर्देशक कृष्ण पौडेल आशावादी छन् ।
मालती शाह प्रस्तुतकर्ता रहेको यो चलचित्रमा सुशिल शाह, बिनोद भट्ट, श्रेया दुलाल र मधुसुदन भट्टराईको लगानी छ । सांगितिक प्रेम कथामा आधारित चलचित्र ‘धुन’को सांगितिक पक्ष उत्कृष्ट रहेकोले पनि रिलिज पश्चात चलचित्रले दर्शकको राम्रो साथ पाउने निर्माता भट्टको दाबी छ ।