ईलाका गोष्ठी सम्बन्धी अत्यन्त जरुरी सूचना

513 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल सरकार
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय
धादिङ

ईलाका गोष्ठी सम्बन्धी अत्यन्त जरुरी सूचना

आर्थिक वर्ष २०७२÷७३ को वार्षिक जिल्ला विकास योजना तर्जुमाको क्रममा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी देहायका मिति र स्थानहरुमा विहान ११ बजे देखि हुने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम सहभागी हुन सम्बन्धित ईलाका भित्रका गाउँ विकास समितिहरु, राजनैतिक दलका जिल्ला, ईलाका एवं गाउँ स्तरीय प्रतिनिधिहरु, विषयगत कार्यालयहरु, गैर सरकारी संस्थाहरु, सहकारी संस्थाहरु, महिला, आदिवासी÷जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिहरु, पत्रकारहरु लगायत आम विकास साझेदारहरुलाई पत्राचार गरी सकिएको छ । कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी इलाका गोष्ठीमा उपस्थित भई जिल्ला विकास योजना तर्जुमा प्रक्रियामा सहभागि हुन अनुरोध गरिन्छ ।
इलाका गोष्ठी हुने मिति, स्थान र सहभागि हुने गाविसहरु
मिति ईलाका नं. स्थान सहभागि हुने नपा÷गाविसहरु
२०७१ माघ ४ गते ८ केउरेनीटार, कल्लेरी केवलपुर, कल्लेरी, गोगनपानी र निलकण्ठ नपा वडा नं. ५,६,७
२०७१ माघ ४ गते ९ बुङचुङ बजार कुम्पुर, नलाङ, सलाङ, मैदी
२०७१ माघ ४ गते १० गाविस भवन नौविसे नौविसे, छत्रे, जीवनपुर
२०७१ माघ ४ गते ११ गाविस भवन तसर्पु थाक्रे, भूमेस्थान, तसर्पु
२०७१ माघ ४ गते १२ गाविस भवन, पिडा वैरेनी, किरान्चोक, गजुरी, पिडा
२०७१ माघ ४ गते १३ गाविस भवन बेनिघाट धुषा, बेनिघाट, जोगिमारा, महादेवस्थान
२०७१ माघ ५ गते ७ जिविस सभाहल धादिङ ज्याम्रुङ, खाल्टे र निलकण्ठ नपा वडा नं. १,२,३,४,११,१२,१३
२०७१ माघ ५ गते ६ हुलाकभन्ज्याङ खरी, चैनपुर, ढोला र निलकण्ठ न.पा. वडा नं.८,९,१०
२०७१ माघ ८ गते ३ गाविस भवन बुढाथुम बसेरी, फुलखर्क, बुढाथुम, मुलपानी
२०७१ माघ ९ गते ४ गाविस भवन सल्यान्टार आगिन्चोक, सल्यान्टार, त्रिपुरेश्वर, सल्यान्कोट
२०७१ माघ ९ गते ५ कटुन्जे बजार मार्पाक, कटुन्जे, सेम्जोङ, धुवाकोट
२०७१ माघ ८ गते २ गाविस भवन दार्खा सेर्तुङ, झार्लाङ, दार्खा, सत्यदेवी
२०७१ माघ १० गते १ गाविस भवन गुम्दी तिप्लिङ, लापा, री, गुम्दी

स्थानीय विकास अधिकारी