रोनाल्डो बने फिफा वर्ष खेलाडी

733 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

काठमाडौं,  – सन् २०१४ को फिफा वर्ष खेलाडीको उपाधि पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् । अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसी र जर्मनीका गोलकिपर म्यानुअल निउरलाई पछि पार्दै पोर्चुगाली स्ट्राइकर रोनाल्डोले लगातार दोश्रो पटक र समग्रमा तेश्रो पटक उपाधि जितेका हुन् ।

24A5691D00000578-2907117-image-a-16_1421091511494स्पेनी क्लब रियल मड्रिडबाट व्यवसायिक फुटवल खेल्ने रोनाल्डोले ३७.६६ प्रतिशत भोट ल्याएर फिफा बालोन डिओर उपाधि जितेका हुन् । चार पटक फिफा बालोन डिओर जितेका वार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकल मेसीले १५.७६ प्रतिशत र बायर्न म्युनिखका गोलकिपर निउरले १५.७२ प्रतिशत मोट पाए चक्रपथ डट कम ले खबर लेखेको छ ।

रोनाल्डोले सन् २०१४ मा खेलेका ५२ खेलमा ४३ गोल गरेका छन् । उपाधि जितेपछि २९ वर्षिय रोनाल्डोले भनेका छन् ‘मलाई भोट गर्ने सबैलाई अनि मेरा क्लबका प्रमुख, प्रशिक्षकलाई धन्यवाद छ, यो मेरो लागि विर्सन नसक्ने वर्ष भएको छ ।’ स्वीटजरल्याण्डको जुरिच शहरमा आयोजित कार्यक्रममा उनलाई फ्रान्सका पूर्व स्ट्राइकर थियरी हेनरीले अवार्ड प्रदान गरेका हुन् ।

त्यस्तै जर्मन मिडफिल्डर नदिनी केसले उत्कृष्ट महिला फुटवलरको अवार्ड जितेकी छन् भने जर्मन प्रशिक्षक जोचिम लोले उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन् ।

त्यसैगरी सन् २०१४ को गोल अफ द इयरको अवार्ड कोलम्बियाका स्ट्राइकर जेम्स रोड्रिगेजले जितेका छन् । ब्राजिलमा भएको विश्वकप फुटवलमा उरुग्वेविरुद्ध उनले गरेको गोलले उपाधि जितेको हो । उनले आइरिस महिला फुटवलर स्टेफानी रोची र नेदरल्याण्डका स्ट्राइकर रोबिन भान पर्सीलाई पछि पार्दै उपाधि जितेका हुन् । २३ वर्षका रोड्रिगेजले ४२ प्रतिशत मत पाएका थिए ।