माघ ८ को सम्भावना टरेको नेम्वाङको खुलासा

527 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, – माघ ८ को रटान गर्दै आईरहेका दलहरु यति वेला संविधान निर्माणलाई भन्दा अन्य बिषयमा बढी सक्रिय हुन थालेपछि माघ ८ मा संविधान नआउने सम्भावना बढ्दै गएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पनि आउँदो माघ ८ गतेभित्र नयाँ संधिवान जारी हुने सम्भावना निकै पर पुगेको खुलासा गर्नुभएको छ ।

nemwaangसिंहदरबास्थित आफ्नै कार्यकक्षमा मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दलहरूबीच सहमति हुनाको साटो आपसी तिक्तता र चिसोपना बढेकाले अब संविधानसभामा प्रक्रियाका माध्यमबाट संविधान निर्माण प्रारम्भ हुने पनि बताउनुभयो ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई आज बिहानसम्म दिइएको अन्तिम समयसीमामा पनि संविधानका अन्तर्वस्तुमा सहमति नभएकाले तोकिएको समयमा संविधान ल्याउन कठिन हुने उहाँले स्पष्ट गर्नुभयो ।

आफूले अन्तर्वस्तुमा सहमति भएको अवस्थामा नियम निलम्बन गरेर छोटो प्रक्रियाबाट माघ ८ भित्र संविधान जारी गराउने प्रस्ताव गर्दा पनि दलहरू त्यसतर्फ गम्भीर नभएकाले अब संविधान, कानुन र प्रचलित अभ्यासबमोजिम प्रक्रिया अघि बढ्ने जानकारी उहाँले दिनुभयो ।

उहाँले सहमति जुट्न नसकेका विषयमा प्रश्नावली निर्माणका लागि सभाले विशेष समिति गठन गर्न सकिने जनाउ पनि दिनुभयो ।