देशैभरी माघे सङ्क्रान्ति पर्व मनाईदै

463 पटक पढिएको

प्रकाशित मिति: १ माघ २०७१, बिहीबार ००:०७

सम्पादक: Dhading News

magheधादिङ, १ माघ । माघे सङ्क्रान्ति पर्व आज मुलुकभर विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नुका साथै घिउ–चाकु, तिलको लड्डू र तरुल खाई मनाइँदैछ ।

ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर सङ्क्रान्ति’ पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

लड्डु तथा घिउ–चाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यो–चाकु सँल्हु’ भनिन्छ । यस पर्वमा प्रसिद्ध देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गङ्गासागरलगायतका नदी तथा त्रिवेणीमा मकर स्नान, दान, श्राद्धलगायतका कार्य गर्नेहरूको ठूलो भीड लाग्छ ।

भविष्य पुराण, विष्णु वचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यो दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदादान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी होइने उल्लेख छ ।

आयुर्वेद र आधुनिक चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायत पौष्टिक तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख गरिएको छ ।

tarul (2)शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढी तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

यसै दिन भक्तपुरको टौमढीटोलमा तिलमाधवनारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गर्ने गरिन्छ ।

थारू समुदायमा यो पर्व ‘माघी’ पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । आजका दिन यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१ माघ २०७१, बिहीबार ००:०७ मा प्रकाशित

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories