लेवनानमा यातनासँगै कैद भोगेर फर्किन् नेपाली चेली

696 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भीमदत्तनगर: कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाकी एक युवती विदेशमा यातना र कैद सजाय भोगेर घर फर्किएकी छिन् ।
agenda_art_868651748घरपरिवारको ऋण तिर्ने र घरजग्गा जोड्ने सपना बुनेर झण्डै अठार महिनाअघि दुवई हुँदै लेवनान पुगेकी पुनर्वास–१ बीचफाँटाकी मन्दरा राना क्षेत्रीले त्यसको साटो अकल्पनीय यातना र कैद यथार्थमा भोगिन् अन्नपूर्ण पोष्टमा खबर छापिएको छ ।
लेवनानको एक घरमा कामदारको रुपमा करिब डेढ वर्ष काम गरेकी २३ वर्षीया मन्दराले मालिकबाट शारीरिक यातनासँगै चोरीको आरोपमा चार महिना जेल सजायसमेत भोग्नुपरेको दुखेसो पोखिन् ।
“चार÷पाँच महिना घरमालिकले राम्रै व्यवहार गरे । त्यसपछि अनेकन बहानामा दुवैले कुटपिट गर्न थाले” मन्दराले महेन्द्रनगरमा सञ्चारकर्मीसँग भनिन्, “घर जान्छु भन्दा पैसा पनि दिएनन् । राम्ररी खान पनि दिएनन् ।”
अवैधरुपमा २०६९ चैत १७ गते लेवनान पुगेकी मन्दराले अन्तमा घरमालिकले चोरीको आरोपमा आफूलाई प्रहरीमा बुझाएको बताइन् ।  ‘चार महिना जेलमा बसेपछि एकाएक प्रहरीले एयरपोर्ट पुर्‍यायो’, उनले भनिन् , “त्यहाँबाट सोझै काठमाडौँ ओर्लिएँ ।”
यसबीचमा एक जना नेपालीले मन्दराका श्रीमान् प्रेमबहादुर राना क्षेत्रीलाई उनी जेलमा रहेको खबर पुर्‍याउन सहयोग गरेको उनको भनाइ छ । प्रेम पनि वैदेशिक रोजगारीको सिलसिलामा युएइमा छन् ।
एक छोरीकी आमा मन्दराले पुनर्वास–८ ‘घ’ गाउँकी दलाल इन्द्रा श्रेष्ठले राम्रो कमाइ हुन्छ भन्दै लेवनान पठाएको जानकारी दिए ।
पाँच कक्षासम्म मात्र पढेकी मन्दराले लेवनानमा नेपालीलाई रोजगारका लागि अनुमती नभएकोबारे आफूलाई जानकारी नभएको बताए ।
मन्दराकी भाउजु तुलसीका अनुसार एजेन्ट इन्द्राका बुबाले प्रहरीमा नजान भन्दै घरमा आएर आर्थिक प्रलोभन दिने गरेका छन् । “इन्द्रा के चाहिन्छ रु के कति लिने हो, मिलाउ भन्छिन्” तुलसीले थपिन् ।