डिभिजन २ क्रिकेट : नेपाल युगान्डासँग २ रनले पराजित

693 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Nepali_National_Cricket_team_987290981फोटो :फाइल फोटो
काठमाडौ : नामिबियामा शुरु विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको पहिलो खेलमा नेपाल युगान्डासँग पराजित भएको छ ।

अन्तिम ओभरसम्म पनि क्रिजमा टिकेका नेपाली बलरले अन्तिम बलमा ३ रन बनाउन नसक्दा नेपाल सजिलो प्रतिद्वन्द्वीसँग पराजित हुन पुगेको हो अन्नपूर्ण पोष्टले खबर लेखेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले दिएको १४७ रनको लक्ष्य पछ्याएको नेपाल १४४ रनमै सीमित भएर २ रनले पराजित भएको हो ।

१ सय ४७ रनको लक्ष्य पछ्याएको नेपाली टिम पूरै ५० ओभर खेलेर १ सय ४४ रनमा अलआउट भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको युगान्डालार्इ नेपालले ४९.५ ओभरमा अलआउट गर्दै १ सय ४६ रनको सामन्य स्कोरमा समेटेको थियो ।