नेदरल्याण्डद्वारा नेपालसामू १५९ रनको लक्ष्य प्रस्तुत

555 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Nepali_National_Cricket_team_987290981। आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेदरल्याण्डले नेपालसामू १५९ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ थाल्नेछ ।

टस जितेर पहिले व्याटिङ गरेको नेदरल्याण्डले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १५८ रन बनायो । नेपाली बलरहरु हावी भएको खेलमा प्रतियोगिताको बलियो टोली नेदरल्याण्ड सुरुबाटै दबाव आएको थियो ।

५४ रन जोड्दा ५ विकेट गुमाएको नेदरल्याण्डको पारी स्टफेन र मिचेल रिप्पोनले सम्हाल्ने प्रयास गरे । उनीहरुले अर्धशतकीय साझेदारी गरे ।

नेपालका कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीले समान २-२ विकेट लिए ।