हँसाउन भन्दा रुवाउनै सजिलो हुन्छ-दिपाश्री निरौला

1072 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चर्चित कलाकार दिपाश्री निरौला कलाकारिता जगतमा चिनाइरहनु पर्ने नाम होइन । चलचित्र नासो, गाउले,सुकुम्वासी परेली, घरसंसार, चमत्कार, चाँदनी, चलचित्र छ एकान छ समेत अभिनय गरिसकेकी छिन् उनले । त्यसैगरी कुनै समय रेडियो नेपालको चर्चित कार्यक्रम रामविलास र धनियाँ कार्यक्रम पनि उनको चर्चित थियो । अहिले उनी नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम तीतो सत्यको निर्देशन सहयोगी छिन् । प्रस्तुत छ उनै निरौलासंग सुन्दरादेवी सन्देश साप्ताहिकका किरण अधिकारीले धादिङ न्यूजका लागि ले गरेको कुराकानीः

dipaa१. आजकल के गर्दै हुनुहुन्छ ? आराम हुनुहुन्छ ?
एकदम आराम छु । आजकाल म दैनिक नित्यकर्मको अलावा तीतो सत्यमा नै व्यस्त छु भने दिपकराज गिरी, निर्मल शर्मा र मेरो संयुक्त लगानीमा भनौ या निर्माणमा चलचित्र वडा नं. ६ को छायांकनमा व्यस्त छु ।
२. कस्तो लाग्यो नुवाकोट ?
नुवाकोट एकदम राम्रो लाग्छ मलाई । पहिला पहिला पनि नुवाकोट आएको छु । धेरै कार्यक्रमहरुमा आएको छु नि
म । तर राम्रो संग घुमेको थिइन ।
३. यसपाली बसाइ लामो भयो ? कस्तो अनुभ भयो ?
एकदम सही कुरा गर्नुभयो । यसपाली चलचित्र वडा नं. ६ को छायांकनको शिलशिलामा जिल्ला वसियो लामो अवधि । धेरै ऐतिहासिक, धार्मिक एवं पुरातात्विक स्थान घुम्ने मौका पाएँ । धेरै खुसी छु ।
४. चलचित्र क्षेत्रको लागि कत्तिको संभावना देख्नुभयो नुवाकोटमा ?
चलचित्र छायांकनको लागि अत्यन्तै धेरै सम्भावना छ नुवाकोमा राजधानीबाट नजिक भएकोले र धेरै कुराले साथ दिएकोले पनि संभावना धेरैदेखेको छु ।
५. कत्तिको सहयोग पाउनुभयो ?
एकदम धेरै सहयोग पाएका छौँ । त्यसैले खुसी छौँ । सम्पुर्ण नुवाकोट जिल्लावासी प्रति कृतज्ञ पनि छौँ ।
६. जिल्लाको कुन कुन स्थानमा छायांकन गर्नुभयो ?
जिल्लाको पिपलटार, देवीघाट, नुवाकोट दरवार, खम्पाली क्याम्प अनि विदुर नगरपालिका वडा नं. १ र ३ मा छायांकन गरिएको छ । एउटा संजोग काठमाडौं महानगरपालिका वडा नं. ६ बाट छायांकन सुरु भएको यो चलचित्र नुवाकोट विदुर नगरको वडा नं. ६ मा नै छायांकन समाप्त भयो ।
७. कस्तो खालको चलचित्र हो वडा नं. ६ ?
यो चलचित्रमा प्रेम, रोदन, हाँसो, राजनीति, सबै खाले, सबै खाले विषयवस्तु भेट्नु हुनेछ । चलचित्र हेर्न जाने दर्शकले
निरास भएर फर्कनु पर्ने छैन ।
८. तपाईँ त अभिनेत्री पनि हुनुहुन्छ, कुन कुन चलचित्रमा अभिनय गर्नुभयो ?
हजुर ! मैले हालसम्म चलचित्र नासो, गाउँले, सुकुम्वासी परेली, घरसंसार, चमत्कार, चाँदनी, चलचित्र छ एकान छ लगायत अभिनय गरेको छु ।
९. कति सालदेखि सुर भयो कलाकारिता ?
म विराटनगरमा जन्मेको मान्छे हुँ । २०४० सालदेखि नै नृत्य गर्थे । राष्ट्रिय रुपमा भने २०४८ सालबाट कलाकारिता सुरु गरेको हुँ ।
१०. संगीत के हो ?
संगीत दुःखसुखको साथी हो । संगीतले मानव जीवनमा महत्वपूर्ण अर्थ राख्दछ ।
११. प्रेम के हो ?
प्रेमको अर्थ धेरै छ, प्रेमलाई धेरै किसिमबाट व्याख्या गर्न सकिन्छ । प्रेमको परिभाषा आआफ्नै छ ।
१२. हँसाउन सजिलो कि रुवाउन ?
हँसाउन अत्यन्तै गाह्रो चिज हो । रुवाउन पनि गाह्रो नै हुन्छ, तरपनि हँसाउन भन्दा रुवाउनै सजिलो हुन्छ ।
१३. दिपाश्रीलाई प्रेमप्रस्ताव कत्तिको आउँछ ?
हाँ हाँ हाँ यसको उत्तर नदिए पनि हुँदैन ? तर पनि प्रेम प्रस्ताव आउँदैन भनेर म ढाँटदिन ।
१४. अन्त्यमा के भन्नुहुन्छ ?
सर्वप्रथम मेरो भनाई राख्नदिनुभयो तपाईं र तपाईंको संचारसंस्थालाई धन्यवाद । कलाकारलाई अझ बढी माया गरिदिनुस्, तीतो सत्य र वडा नं. ६ लाई धेरै माया गरी दिनुहोला ।